बाँके । दसैँका लागि यस वर्ष राप्ती सोनारी गाउँपालिका–६ टेपरीमा रहेको नयाँ सिर्जनशील सामाजिक उद्यमी महिला सहकारी संस्थासँग बर्दिया लोकल मिट सप्लायर्सले खसी बोका खरिद गरेर काठमाडौँ पठाएको छ ।
१०० वटा खसी बोका सहकारी मार्फत खरिद गरि बर्दिया लोकल मिट सप्लायर्सलाई बिक्री गरिएको सहकारीकी प्रबन्धक दिव्य गुरुङले बताउनुभयो ।
प्रत्येक वर्ष राप्ती सोनारीबाट काठमाडौँ खसीबोका पठाउने गरिएको छ । गुरुङका अनुसार २० देखि ४० केजी तौलका खसी र १८ देखि ३० केजी सम्मका बोका खरिद गरी काठमाडौँ पठाइएको हो ।
जिउँदो खसी र बोका प्रतिकेजी पाँच सय २५ का दरमा खरिद गरिएको उहाँले जानकारी दिनुभयो ।