२०८३ बैशाख २७ गते, आईतवार १०:२२

लायन्स क्लबद्वारा बाढीपीडितलाई राहत वितरण

प्रेमचन्द्र झा
राैतहट । लायन्स क्लबले कटहरिया नगरपालिकाका बाढी पीडितलाई राहत वितरण गरेको छ ।
कटहरिया नगरपालिकाको वडा नम्बर ४ हर्षाहा टाेलमा वडा अध्यक्ष चन्दन कुशवाहाकाे राेहबरमा एक सय १० परिवारलाई राहत वितरण गरिएको हो ।


बाढी प्रभावितलाई राहत स्वरुप चामल, दाल, नुन, तेल, सोयाविन,आलु, चिउरा/भुजा, चनादाल, सेनेटरी पैड सहितका सामग्री शुक्रबार वितरण गरिएको लायन्स क्लब अफ चन्द्रपुरका अध्यक्ष लायन्स ओसी अख्तरले बताए ।


साे अवसरमा लायन्स क्लब राैतहटका विभिन्न पदमा रहेका दिपक रेग्मी, शेख अजहरी दिन, गणेश प्रसाद साह, किरण मिश्रा, विनोद गुप्ता, राजन साह, राजेन्द्र श्रेष्ठ, निशा कोईराला, सोभित सिलवाल, राम सागर यादव र निर्मला सुवेदी सहितका समाजसेवीहरुको उपस्थिति रहेको थियो । यसअघि कटहरिया नगरपालिकाले आफ्नो कार्यालयको तर्फबाट पनि सो वडाका पीडित लगायत पाँच सय परिवारलाई सम्बन्धित वडामा पुगि नगर प्रमुख अजय प्रकाश जयसवाल आफैँ उपस्थित भई राहत बाँडेका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM