२०८३ बैशाख २२ गते, मंगलवार ०६:०३

बड़ादशैँ शुरू भएसँगै मन्दिरमा तालाबन्दी

वीरगंज/सनातनीहरूको महान पर्व बडा दशैँ शुरू भएसँगै देश विदेशमा रहेका मन्दिरहरू भक्तजनका लागि खुल्ला गरेर पूजा गर्न दिने परम्परा रहँदै आएपनि वीरगंजको मुटु मानिने माईस्थानमा रहेको मन्दिरमा तालाबन्दी गरिएको छ।

माईस्थानस्थित श्री कालभैरव मन्दिर, श्री लक्ष्मी नारायण, शितलामाता मन्दिरमा मन्दिर व्यवस्थापन समितिले तालाबन्दी गरि भक्तजनहरूलाई पूजापाठमा अवरोध खड़ा गरिदिएको छ।

अन्य समयमा मन्दिर खुल्ला रहेपनि बडादशैँको समयमा भक्तजनहरूको भीड़ बढ्ने देखेपछि मन्दिरमा तालाबन्दी गरिएको बताईन्छ । मन्दिरमा स्थापित सङ्गमर्मरको मूर्तिमा भक्तजनले फूल अक्षता, चन्दन लगायतका पूजन सामग्री चढ़ाउँदा मूर्ति बिग्रिन सक्ने भन्दै तालाबन्दी गरिएको बताईन्छ।

मन्दिरमा तालाबन्दी गरिँदा कालभैरव, लक्ष्मीनारायण र शितलामाताको मन्दिरमा पूजा गरि परिक्रमा गर्ने भाकलसहित आएका भक्तजनहरू निराश हुँदै फर्किनु परेको छ।

यस सन्दर्भमा श्री गहवामाईस्थान मन्दिर संचालक समितिका अध्यक्ष नरेन्द्र साहसँग टेलिफोन सम्पर्क गरी बुझ्न खोज्दा उनले फोन उठाएनन्।

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM