२०८२ फाल्गुन २९ गते, शुक्रबार ०४:३५

सिण्डिगेट विरुद्ध सरकार

बाम गठबन्धनको सरकारले हर्ष र उल्लाषका साथ उत्साहपूर्वक केही राम्रा काम गर्न शुरुवात त गरेको छ तर त्यसले सफलता पाउने भरपर्दो वातावरण कायम हुन सकेको छैन । अपराध कर्ममा लागेकाहरू संगठित छन् र संरक्षित छन् तर सरकार असफल र कमजोर देखिएको छ । सरकारी संयन्त्रको कार्यशैली आफूले थालनी गरेको सुधारको प्रयास आफैंले तुहाउने पक्षमा रहेको छ । देशमा एक गम्भीर समस्याको रुप्मा रहेको विद्यमान सिण्डिकेट विरुद्ध सरकारले चालेको कदम प्रति सेवाग्राही खुशी नहुने कुरै भएन । सरकारलाई धन्यवाद दिंदै सहयोग पनि गर्नु पर्दछ । सरकारले सिण्डिकेट विरुद्ध गरेको निर्णय कडाईका साथ कार्यान्वयन गर्न सक्यो भने सफलता हासिल गर्ने कुरामा दुई मत छैन ।
यातायात व्यवसायीहरूले सरकारी निर्णयलाई कार्यान्वयन हुन नदिन हर संभवको प्रयास गरिरहेका छन् । सरकार र यातायात व्यवसायीबीच तनाव उत्पन्न भएको छ । सिण्डिकेट र कार्टेलप्रथा आर्थिक उदारीकरण र प्रतिस्पर्धात्मक बजारका लागि कलंक र अवरोध हो । सीमित व्यवसायीलाई मात्र फाइदा पुग्ने सिण्डकेटप्रथा आम उपभोक्त सेवाग्राहीको शोषणको माध्यम हो । कानुनको कार्यान्वयन ठीक समयमा नगरिएकाले देशमा समस्यामाथि समस्या थपिंदै गएको हो र न्याय, कानुन र सरकार छ, छैन भन्ने कुरा जनताहरूले अनुभूति गर्न पाएका छैनन् । जताततै बेथिति, अव्यवस्था, अनैतिक, विकृति, विसंगति बढेको छ । बाम गठबन्धन सरकारले कतिपनि विचलित नभएर चुनौतीको सामना गरेर गलत स्वार्थी तत्वहरूमाथि कानुनी प्रशासनको उदाहरण प्रस्तुत गर्न सक्यो भने सरकारप्रति जनविश्वास बढ्न जानेछ ।
हरेक क्षेत्रमा व्यापारीकरणको कुप्रभाव परेको छ । व्यवसायिक नैतिकता दिन पर दिन ह्रास हुँदै गएको छ । आर्थिक विच्छृंखलता, आर्थिक असमानता र आर्थिक अनुशासन भंग हुँदै गइरहेको छ । एक किसिमको आर्थिक अराजकताले देशमा जुन आक्रोश र जन असन्तुष्टी बढाईरहेको छ, जताततै महंगी, अभाव र बेरोजगारी बढिरहेको छ, देशमा विद्यमान सबैखाले समस्या र अव्यवस्था हटाउने कर्तव्य सरकारको हो । सिण्डिकेटको विरुद्धमा सरकार उत्रिएर आफ्नो कर्तव्य पूरा गरिरहेको छ, निहित स्वार्थी तत्वहरूमाथि कडा नियन्त्रण गरेर आम जनताहरूलाई सुख, सुविधा र सहुलियत दिलाएमा सरकारको जवाफदेहिता प्रष्ट हुन्छ । केही दिन काम दखाउन र सस्तो लोकप्रियता देखाउन मात्र सरकारले सुधारका कार्य सुरु गरेको हो भने यसको मतलब रहँदैन ।
सरकारले यातायात व्यवसायीका सबै समिति भंग गरी अब कम्पनीका रुपमा दर्ता गरेर मात्र संचालन गर्न पाउने, अवरोध गरे गाडी नियन्त्रण र रुट खारेज गर्ने जुन निर्णय गरेको छ यसलाई स्वागतयोग्य कदम मान्नै पर्दछ । धेरै ढिला भएपनि अनिवार्य आवश्यकताका रुपमा रहेको यातायात सिण्डिगेट (समिति) भंग गरेर जनतालाई ठग्दै आएको अनैतिक कार्य बन्द भएकोले पीडितहरूलाई खुशी लाग्नु स्वभाविकै हो । यस अघि पनि पटक पटक समिति भंग गर्ने प्रयास भएका थिए तर निरन्तरता पाउन सकेन । यस पटक पनि व्यवसायीको अनुचित दबाव र प्रभावमा परेर सरकार पछि हट्यो भने सरकारलाई धिक्कार भन्दै निन्दा गर्दै सरकारको विरुद्ध जनताहरू सडकमा उत्रन बाध्य हुने छन् । वर्तमान सरकार दलाल पूंजीपतिहरूको भरमा टिक्ने व्यवस्था हो, जनमुखी व्यवस्था होइन । दलालहरूको दबाव र प्रभावबाट मुक्त भएर आफूले चालेको कदमलाई साकार पार्न सक्यो भने मात्र केही हदसम्म जनताको लोकतान्त्रिक सरकार मान्न सकिएला ।

२०७५ वैशाख ०६ गते क्राइम चेकमा प्रकाशित सम्पादकीय

प्रतिक्रिया लेख्नुहोस्

bokep viral bokep viral marwah4d bisajp slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d carteltogel waktoto berastoto abutoto pttoto pajerotogel ayutoto tayotogel blacktoto tempotogel petanitogel gaduntogel sritogel pandatogel watitogel dentogel maxtogel permatatoto gudangtoto zygatogel zoros4d zooyaqq zoros88 zwaysbet zumos99 zuls4d zuues zpmaa138 zozoz zooros88 zorac4d zoomiqq zoomi88 zoomi555 zoomi4d zooms168 zoney55 zoomis zyngga zurichs zumas168 zuues138 zttm138 zozozslot zozslot zorroslot88 zooros zoomislot88 zoomiengine zoomi777 zoomi55 zoomi188 zooms138 zoneylucky zoney4d zonacslot88
rajamania rajamania sritoto rajamania slot88 beb88 sritoto relic88 koi77 sritoto https://eragenset.com/ sritoto sritoto
zeonslot zeonslot raintoto m77 sultantoto andara88
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM