– स्वर्ण बिक्रम शाह ।
नेपाल चार जात छत्तिस वर्णको फुलबारी हो र यसको संरक्षक नेपाल नरेश हो । नेपालका राजाले आफ्नो लागि नेपाली जनतालाई तड्पाएका दुख दिएका कुनै पनि घटनाहरु छैनन् , न त आज सम्म राजाहरु कुनै बिदेशी शक्ति सामु झुकेको ईतिहास छ, न त अाज सम्म राजनहरुले देश र देशका सम्पदा बेचेको ईतिहास छ । यदि राजाहरु प्रति कुनै आरोप लागेका छन् भने ती सबै बिदेशीहरुको डिजायनबाट उठाइएका बिदेशीहरु कै दलालहरुबाट थोपरियको षडयन्त्रहरु मात्र हुन् ।
हिन्दु अधिराज्य, राजसंस्था, प्रजातन्त्र र राष्ट्रभाषा नेपाली, नेपालको एकताको केन्द्र बिन्दु हो । यी तिनै स्रोतलाई समाप्त गरेर कसरी नेपालमा दिगो शान्ति र राष्ट्रिय अखण्डता कायम रहन सक्छ र ? त्यहि भएर हाम्रा बिदेशी दुश्मनहरु यहि क्षेत्रमा बारमबार आक्रमण गर्दै आईरहेका छन । यिनिहरुको मनसाय त राजालाई आफ्नो हातमा लिएर नेपालमा आफ्नो मर्जि काम गर्ने थियो तर सारा नेपालीको भाग्य नेपालको राजसंस्था या राजाहरु विदेशीहरुको सामु कहिल्य पनि झुकेनन्, तसर्थ बिदेशीहरुको चम्चा हुने त कुरा नै आएन । पछि राजतन्त्रलाई सामन्तवनदको नाम दिईयो र राजालाई सामन्तवादको नाईके । यदि राजतन्त्र सामन्तवाद थियो भने अहिले कम्युनिष्टहरुको दुई तिहाई सरकारलाई के भन्ने त ? यदि राजा सामन्ति हुन भने अहिलेका राजनेता तथा नेताहरु के हुन त ? यो त केवल राजाको रिस गर्ने नेताहरुले लगाएका आरोप मात्र हो । हाम्रो देशलाई भित्र भित्रबाट खोक्क्रो बनाउन हिन्दु, मुस्लिम र बौद्धको सहिष्णुता र उदारता माथि आक्रमण गर्नु, उनिहरुको अस्थित्व माथि बारमबार आघात पुराउनु, आतंकवादलाई आश्रय दिलाउनु बिदेशीहरुको चाल हो । यो कुरा राजाहरुले त बुझेका थिए तर हाम्रा मान्यवर राज नेताहरु र नेता ज्युहरुले कहिल्य बुझेनन् त्यस माथि झन जनताले त के बुझ्नु । जसको कारण आज मुलुक गृह युद्ध र धार्मिक युद्धको सांघार मा ऊभिएको छ ।
जुनसुकै राष्ट्रमा पनि जहाँ जे जति परिवर्तनहरु हुने गर्छन् त्यसको लक्ष्य हुन्छ त्यहाँको सार्वभोम स्वतन्त्रता बचाएर राख्नु, जनतारुको मागको सम्मान गरि लागू गर्नु, जनताहरुका हक हितको सुरक्षा हुनु, मुलुकमा जनताको राज हुनु तर अहिले हाम्रो मुलुकमा त ठ्याक्कै ऊल्टो भएको छ । यहाँ त नेताहरु आफ्नो र आफन्तहरुको बिकाशमा मस्त छन् भने यिनिहरुलाई पाल्न गरिब जनताहरु मरिमेटि एक छाक खाएर भए पनि राज्यले लगाएको तेत्रो ट्याक्स तिर्न बाध्य बनाएका छन् । के यहि हो जनताहरुले देश हाक्ने लोकतन्त्र भनेको ? अब यस्तो भयावह स्थितिमा जनताले फेरि राजालाई लेराई सारा नेताहरुलाई ढुङ्गा हानि लखेटेमा कुनै असोचनिय अचम्भित घटना भने हुने छैन ।
नेपालको सन्दर्भमा नेपालको गौरबमय ईतिहास, धार्मिक, सांस्कतिक र प्राकृतिक सम्पदाहरुको संरक्षणमा यहाँका स्थापित मूल्य र मान्यताहरुको संरक्षण गर्दै सिर्जनात्मक बाटो हिड्नु नैं हो, जुन हाम्रा राजाहरुले लागू गरेका थिए । अाफ्नो स्वार्थ भन्दा माथि उठेर सारा नेपाल र नेपालीका स्वाभिमान र सुरक्षाका लागि भनेर राष्ट्रनिर्माता श्री ५ वडामहाराजाधिराज पृथ्वीनारायण शाहले अाफ्नो नेतृत्वमा ‘हिन्दु अधिराज्य-नेपालको सिर्जना गरि बक्सेको हो । ससाना हिमवतखण्डका राज्यहरुलाई अंग्रेजी सम्राज्यले आफ्नो कब्जामा पार्न लागेको बेला अंग्रेजी सम्राज्यको बिरुद्ध हिमवतखण्डका बाईसे चौबिसे गरि ५४ भन्दा बढि धेरै स–साना राज्यहरुको एकीकरण गरेर पृथ्वीनारायण शाह र ऊहाँका सुयोग्य माहिला सुपुत्र नायब बहनदुर शाहले हाम्रो मुलुकलाई र नेपाली जनताहरुलाई कहिल्य बिदेशीका दास बन्न दियनन् । तर आज हाम्रा नेताहरुको कहिल्य नअघाउने स्वार्थले गर्दा हाम्रो स्वतन्त्र सार्वभौम मुलुक बिदेशी सामु झुक्न बाध्य भएका छन ।
राजतन्त्रकाल त नेपालको ईतिहास कै स्वर्ण युग थियो । राजतन्त्रमा मुलुक कुनै पनि साम्राज्यवादी वा बिस्तारवादी अदृश्य शक्तिको चंगुलमा नफसेको कारण देश असली रुपमा स्वतन्त्र थियो । मुलुकको आन्तरिक मामलामा कुनैपनि बिदेशी शक्तिले हस्तक्षप गर्न सक्दैन थिए । नेताहरुको सम्पूर्ण लेखाजोखा दरवारले राख्ने हुँदा यी नेताहरुमा दरवारको डर थियो जसको कारण यिनीहरु छाडा हुन नपाएकाले अनुशासित थिए त्यसैले देश वास्तवमा सार्वभौम सम्पन्न राष्ट्रको रुपमा स्थापित हुन सफल थियो । तर आज यहाँ सयौ बिना श्रीपेचधारी राजाहरु हामी देख्न सक्छौ नेताहरुको रुममा । आज राजा नहुदा यिनीहरुको अर्थात हाम्रा नेताहरुको छाडापन, भ्रष्टचार र अत्याचारले सिमा नाघि सक्यो । अाज यी नेताहरुलाई न त कसैको डर छ, न त यिनिहरुलाई खवरदारी गर्ने कोहि छ जसले गर्दा यिनीहरु खुल्ला बहुला साँडे जस्ता भएका छन ।
नेपालको अहिले सम्मको बिकाश हेर्ने हो भने सब्बै राजाहरुले नै गरेका छन् । चाहे त्यो राष्ट्र एकीकरण होस, चाहे मुलुकमा शिक्षा, स्वास्थ्य होस, चाहे त्यो न्याय, कानुन नै किन नहोस सब्बै राजाहरु कै देन हो । देशमा अस्पतालको सुरुवात किन नहोस या शिक्षाकोलागि स्कुल र कलेज सब्बै राजाहरु कै देन हो । अझ राजा महेन्द्रको राजकालमा त देशमा संयौ कलकारखाना खोलि देशमा रोजगारी प्रसस्थ पारेका थिए । आज सम्म यो देश चल्नुमा राजा महेन्द्र र राजा बिरेन्द्रको बिकाशको योगदान बाहेक अरु छैन । सो समयको बिकाशको फल आज सम्म हाम्रा नेता भनाउदाहरु खाईरहेका छन् भन्न दुई मत छैन । राजाहरुले गरिदिएको बिकाशको फल आज सम्म खाईरहेका नेताहरु अझ अहिले आएर लाज पचाउदै राजतन्त्रलाई बिकाशको बाधक भन्दै छन तर यिनीहरुले अफ्नो कुकर्म बिर्सिसके। यो बिर्सिसके कि पंचायतीकालमा अरबौ नाफामा चलिरहेको बाँसबारी छाला जुत्ता उध्योग, बिराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौडा कपडा उध्योग, रोप ओय सेवा, ट्रलिबस सेवा, चाईनिज ईट्टा फ्याक्ट्री, बिरगंज चिनि उध्योग, हिमाल सिमेन्ट फ्याक्ट्रि, भृकुटि कागज कारखाना,गोरखकाली टायर, हेटौडा सिमेन्ट यस्ता छ दर्जन भन्दा बढि कलकनरखानाहरु कसरी रातारात घाटामा गयो ? यो सब खेल पनि यिनैताहरुको हो । जसको उदेश्य सम्पुर्ण चाईना र जापाको सहयोगमा बनेको उध्योग बन्द गर्न निजीकरणको नाममा सारा उध्योग धन्दाहरु धरासाई बनाए । कत्तिको त अस्तित्व सम्म पनि बेचेर खाई सके भने बाँकि दर्जनौ कलकारखाना भने खण्डर भई कवाडिकोलागि सम्म कामनलाग्ने भई बसेको छ । के यी सब हाम्रो देशको सम्पति होईन ? के यसको सुरक्षा गर्नु नेपाल सरकारको होईन ? यी सब कुराको हिसाब किताब एक दिन जनताहरुले अवस्य माग्ने छन् ।
हाम्रा राजाहरुले संयौ बर्ष देखि जोगाएर राखेका हाम्रो देशको श्रोतहरु पनि जस्तै कर्णाली नदि, कोशी नदि, गण्डकी नदि सारा ईन्डियालाई यी नेताहरुले सुम्पिसके । यति मात्र कहाँ हो र जनकपुरको साँचो देखि लिपुलेख सब्बै बिदेशीलाई बेचिसके । ईनडियाले घेरेको तीन दिशामा दिनरात सिमा मिचिरहेको छ, राति नेपालको जग्गामा सुतेका हाम्रा बोडर क्षेत्रका नेपाली भोलि बिहान उठ्दा ईनडियाको सिमामा पाउँछन् तर हाम्रा सारा बहुदल पछिका प्रधानमन्त्रिहरु यसको बिरुध्द चुक्क सम्म पनि बोल्दैनन् । यसैले गर्दा पनि जनताहरु अहिले नेताहरुलाई गुहार्न छोडेर राजालाई गुहारी रहेका छन् किनभने यो देश राजाले चलाउदा भनरतले हाम्रो एक ईन्च जग्गा पनि मिच्ने आँट गरेका थियनन् । बरु नेपालमा राजतन्तर हुदा उल्टो श्री ३ महाराजाधिरज जंगबहादुर राणाले अंग्रेज संग आफ्नो बहादुरी देखाएर ४ जिल्ला फिर्ता गरेको कुरा त हामी समक्ष छदै छ तर अाज सम्म २०४६ देखि कुनै माईकालाल नेताहरुले हाम्रो मिचिएको एक ईन्च जग्गा पनि फिर्ता लेराउन सकेका छन् ? हाम्रा नेताहरुको यस्तै चाल हो भने अब कुनै दिन होलि वाईन खाई सम्पूर्ण देश नै अाफ्ना बिदेशी प्रभुलाई सुम्पिने छन र हामी सारा नेपालीहरु आफ्नै देशमा सुकुमबासी वा रेफ्युजी भएर बाँच्न पर्ने छ ।