Tuesday, November 26, 2024
घरक्राइम चेकवीरगंजमा जल उत्पन्न प्रकोप सम्बन्धी उद्धार अभ्यास कार्यक्रमको आयोजना

वीरगंजमा जल उत्पन्न प्रकोप सम्बन्धी उद्धार अभ्यास कार्यक्रमको आयोजना

वीरगंज/वीरगंजमा जल उत्पन्न प्रकोप सम्बन्धी उद्धार अभ्यास कार्यक्रमको आयोजना गरिएको छ ।

श्री सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हे.क्वा. पर्साको संयोजकत्वमा नेपाली सेना श्री जंग गण पर्सा, जिल्ला प्रहरी कार्यालय पर्सा तथा नेपाल रेडक्रस सोसाइटीद्वारा संयुक्त रुपमा वीरगंजस्थित घडिअर्वा पोखरीमा सो उद्धार अभ्यास कार्यक्रमको आयोजना गरिएको हो ।

सो अभ्यास कार्यक्रममा बाढी तथा डुवान सम्बन्धी सामान्य जानकारी गराउँदै ईम्प्रोभाईज्ड स्वीमिङ्ग एड्हरुको प्रयोग सम्बन्धी प्रदर्शनी, बोट ड्रिल, बाढी तथा डुबानको अवस्थामा सुरक्षा निकायबाट हुने उद्धार सम्बन्धी प्रदर्शनी,  डुबान पश्चात उद्धारको क्रममा पीडित स्थानीय बासिन्दाहरुलाई सुरक्षित स्थानतर्फ लैजान अपनाईने विधिहरुको प्रदर्शनी गरिएको थियो ।

भौगोलिक एवम् प्राकृतिक विविधताले भरिपूर्ण हाम्रो देश नेपाल जलस्रोतमा विश्वकै दोस्रो बनी देश-हो। समय-समयमा पर्ने अविरल वर्षाका कारण नदिहरुको बहत्व बढ्न गई बाढी तथा डुबान जस्ता प्राकृतिक प्रकोपको कारणले विशेष गरि तराईका विभिन्न जिल्लाहरुमा अधिकमात्रामा जन धनको क्षति गराउने गर्दछ । जोखिमको हिसाबमा मनसुनजन्य विपद् अन्तर्गत नेपाल विश्वमा ११ औँ स्थानमा पर्दछ । समुन्दी सतहबाट ५२३ मिटरको औसत उचाईमा रहेको पर्सा जिल्लामा हरेक वर्ष वर्षातको समयमा जिल्लाको पश्चिम क्षेत्र डुबान,  बढी तथा कटानबाट धन जनको निकै नै क्षति हुने गरेको सम्बन्धमा हामी सर्वविधितै छौँ । यस जिल्लामा चुरे क्षेत्रहुँदै बग्ने ओरिया नदि, सिर्सिया नदि, गंगोल नदि, नौरङ्गिया नदि, तिलावे नदि, सिकटा नदि साथै ठुटे खोला, ओडार खोला, शिकारीवास खोलाहरु रहेका छन् ।

यी नदिहरुले वर्षातको समयमा चुरे क्षेत्रबाट गेगर तथा माटो बनाएर समथर क्षेत्रमा थुप्रिने र नदिहरुले आफ्नो बहाव तीव्र रुपले परिवर्तन गर्ने हुँदा उक्त नदिहरुको नजिक रहेका स्थानीय बस्तिहरु बाढी, कटान तथा डुबानको उच्च जोखिममा रहेको पाइन्छ ।

भविष्यमा आउन सक्ने जल उत्पन्न प्रकोपहरुलाई मध्यनजर गरी विपद् प्रतिकार्यमा परिचालन हुने दक्ष जनशक्ति तथा स्रोत साधनहरुको तयारी र स्थानीय जनसमुदायहरुलाई सचेत गराउने उद्देश्यले सशस्त्र प्रहरी बत्त नं. १३ गण है.क्वा. पर्साको संयोजकायमा नेपाली सेना श्री जंग गण पर्सा,  जिल्ला प्रहरी कार्यालय पर्सा तथा नेपाल रेडक्रसबाट संयुक्त रुपमा संचालन हुन लागेको जल उत्पन्न प्रकोप सम्बन्धी संयुक्त खोज तथा उद्धार अभ्यास कार्याक्रम तयार गरिएको सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका तर्फबाट कार्यक्रम संचालन गरेका सशस्त्र प्रहरी निरीक्षक कपिलराज गिरीले बताए ।

कार्यक्रमका प्रमुख अतिथि पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले वीरगंज लगायत जिल्लामा आकस्मिक रुपमा आइपर्ने जल उत्पन्न प्रकोप तथा आगलागीजन्य दूर्घटनालगायतका संकटमा उद्धारकालागि दैविक प्रकोप उद्धार टोली पर्सामा तयारी अवस्थामा रहेको बताउनु भयो । प्रजिअ भुसालले जिल्लावासीको जिउधनका साथै जुनसुकै समस्यामा गृह प्रशासन, नेपाली सेना, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको उद्धार टोली तयारी अवस्थामा रहेको बताउनु भयो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल,  नेपाली सेना श्री जंग गणका गणपति प्रमुख सेनानी निराजन कटुवाल,  सहायक जिल्ला प्रमुख अधिकारी श्री सानुबाबु अधिकारी ज्यू, जिल्ला प्रहरी कार्यालय पर्साका प्रमुख प्रहरी उपरीक्षक श्री कुमोध ढुङ्गेल, सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण हे. क्वा, पर्साका गणपति सशस्त्र प्रहरी उपरीक्षक राधेश्याम धिमाल,  राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय पर्साका प्रमुख उप-अनुसन्धान निर्देशक दिलिप कुमार सिंह, सशस्त्र प्रहरी बल नेपाल नं. १३ गण हेक्वा पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक देवेन्द्र सिंहलगायत मातहतका प्रनाउहरु, सप्रनिहरु, प्रहरी कर्मचारीहरु, नेपाल रेडक्रस सोसाइटीका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, विद्यार्थीलगायतको उल्लेख्य उपस्थिति रहेको थियो ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -