Sunday, January 12, 2025
घरप्रदेशमौलापुर स्थित माविमा व्यवस्थापन समितिको चुनाव, मतदाता रिझाउन उम्मेदवार दौड़धूप गर्दै

मौलापुर स्थित माविमा व्यवस्थापन समितिको चुनाव, मतदाता रिझाउन उम्मेदवार दौड़धूप गर्दै

प्रेमचन्द्र झा/

राैतहट। माैलापुर नगरपालिका वडा नम्बर ६ पथराबुधराम स्थित माध्यमिक विद्यालयमा व्यवस्थापन समिति चयन गर्न भदाै ०७ गते शुक्रवार मतदान हुँदैछ ।

मतदानका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको मतदान अधिकृत सुरेन्द्र प्रसाद कुशवाहाले वताए ।

शान्तिपूर्ण ढंगले मतदान हुनेमा आफू पूर्ण विश्वस्त रहेको बताउनु हुँदै मतदान अधिकृत कुशवाहाले ईएमएस प्रविधिमा नाम अनलाइन रहेका विद्यार्थीका अभिभावकले मात्रै मतदान गर्न पाउने सर्वपक्षीय सर्वदलीय बैठकबाट सर्वसम्मत निर्णय भईएको बताए ।

सो विद्यालयमा एक हजार नाै सय ४१ विद्यार्थीको नाम ईएमएसमा रहे पनि करिब एक हजार चार सय अभिभावककाे नाम मतदाता सूचिमा राखिएको हाे । एक जना अभिभावककाे ६ जनासम्म विद्यार्थी विद्यालयमा अध्ययन गरि रहेकाे भए पनि एक भन्दा बढी विद्यार्थी भएको अभिभावकले पनि एक मत मात्र दिन पाइने मतदान अधिकृत कुशवाहाले बताए ।

साे विद्यालयमा सहमतिमा व्यवस्थापन समिति चयन गर्न पटक पटक गरि पाँच पटक भन्दा बढि नै अभिभावक भेला बाेलाइए पनि सहमति हुन नसकेपछि अन्तिम प्रयासकाे रुपमा चुनावी प्रकृयामा जानु परेको प्रधानाध्यापक दिपेन्द्र सिंहले बताए ।

सो मतदानमा विद्यालय व्यवस्थापन समितिककालागि विवेक यादव र भुपेन्द्र प्रसाद जयसवालकाे टिमबीच प्रतिस्पर्धा हुने भएको छ।

दुवै पक्षले आफूले जित्ने दाबी गरिरहेका छन् । चुनाव जित्न दुबै पक्षले मतदाता अभिभावकहरूलाई अनेक प्रकारले रिझाउने प्रयास गरिरहेका छन्।

स्थानीय प्रशासनले विद्यालयको चारकिला वरिपरि प्रचार प्रसारमा राेक समेत लगाएका छन् ।

विद्यालय व्यवस्थापन समितिका चार जना सदस्य पदका लागि शुक्रबार विहान ०७ बजे देखि मतदान हुने छ । मतपत्र मतपेटिका लगायतका मतदानमा आवश्यक जनशक्तिको व्यवस्थापन भईसकेको प्रधानाध्यापक सिंहले बताए । आवश्यक चार पदका लागि आठ जनाले उमेदवारी दर्ता गराएका छन् ।

उमेदवारहरुलाई गत भदाै०५ गते चुनाव चिन्ह समेत प्रदान गरिएको थियो । विवेक यादव समुहले कुर्सी र भुपेन्द्र प्रसाद जयसवाल समुहले चुनाव चिन्ह पंखा पाएका छन् । यादव समुहबाट विवेक यादव, मनोज कुमार ठाकुर, सीता कुमारी देवी र रमिता देवीले उमेदवारी दर्ता गराएका छन् । जयसवाल समुहबाट भुपेन्द्र जयसवाल, रिकेश्वर यादव, सीमा देवी र सीता कुमारी देवीकाे उमेदवारी परेको छ ।

दुबै पक्षले आफ्नो चुनावी एजेन्डा विद्यालयको पठन पाठनमा आमुल परिवर्तन गर्नुको साथै भ्रष्टाचार राेक्ने दाबी गरेका छन् । विद्यालयको नाममा रहेको माछा पोखरी पनि व्यवस्थापन समितिका पदाधिकारीले एजेन्डाको रुपमा सारेका छन् ।

यसअघि २०७४ सालमा पनि मतदान प्रक्रियाबाट व्यवस्थापन समितिको चयन गरिएको थियो । तीन वर्ष पछि कार्यकाल समाप्त भएपछि निकै विवादमा आएका सो विद्यालयमा सहमतिमा व्यवस्थापन समिति गठन गर्न स्थानीय माैलापुर नगरपालिका सहितका सरोकारबालाले निकै प्रयास गरेका थिए । दुबै पक्षमा कोही सहमतिमा व्यवस्थापन समिति गठन गर्न सहमत नभएपछि चुनावमा जानु परेको साेही विद्यालयका शिक्षक लखिन्द्र यादवले बताए ।

अभिभावकलाई लाईन बस्न लगाइएको बाँसको घेरा। बाधिएको

यस सम्बन्धमा राैतहटका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले मतदान हुन लागेकाे विषयमा आफुलाई नगरपालिकाबाट जानकारी प्राप्त भएको बताए । आवश्यक शान्ति सुरक्षाको व्यवस्था मिलाईएको प्रजिअ रेग्मीले भने ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -