२०८३ बैशाख २२ गते, मंगलवार १६:२९

चाडवाड नजिकिएसँगै रौतहटमा नाचगानमा प्रतिबन्ध

रौतहट/ चाडवाड नजिकिन लागेसँगै रौतहट जिल्लामा आर्केष्ट्रा लगायतका नाचगान जस्ता साँस्कृतिक कार्यक्रम जथाभावी रुपमा संचालनमा जिल्ला प्रहरी कार्यालयले प्रतिबन्ध लगाउने भएको छ ।

जिल्ला प्रहरी कार्यालयले बिहीबार एक सूचना जारी गरी अधिकार प्राप्त अधिकारी, निकायको अनुमतिबिना विभिन्न चाड पर्वको नाममा गाउँ–गाउँमा दिन र रातको समयमा अश्लीलता झल्किने किसिमका भोजपुरी गीत गाउने, लवण्डा नचाउने, आर्केस्टा नचाउने, मनोरञ्जनको नाममा जुवा खेल्ने खेलाउने जस्ता क्रियाकलाप गर्न नपाईने जानकारी दिएको छ।

यस किसिमको क्रियाकलापले पछिल्लो समय जिल्लाका विभिन्न ठाउँमा एक आपसमा झै–झग्डा तथा कुटपिट गर्ने, ढुङ्गा मुढा गर्ने, विभिन्न मानिसहरुको धनसम्पति क्षती भएकोले बिना अनुमति यस्तो क्रियाकलाप नगर्न जिल्ला प्रहरीले सूचना जारी गरेको छ।

धार्मिक, सांस्कृतिक, राजनैतिक आदि कुनै पनि किसिमको नाँच गान हुने वा भिडभाड जस्ता कार्यक्रम गर्दा अनिवार्य रुपमा कार्यक्रम गर्ने आयोजक पक्षले कार्यक्रम संचालक समिति गठन गरी के– कस्तो कार्यक्रम गर्ने ? कुन समयमा गर्ने ? कुन स्थानमा गर्ने ? सहभागी संख्या कति हुने ? लगायत विषयवस्तु खुलाई जिल्ला प्रशासन कार्यालय र सम्वन्धित निकायबाट ईजाजत (अनुमति) लिई मात्र गर्न जिप्रका रौतहटकी सूचना अधिकारी प्रनाउ एलिजा गिरीद्वारा हस्ताक्षरित सूचनामा उल्लेख छ ।

जिल्ला प्रहरी कार्यालय रौतहटले जारी गरेको सूचना

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM