Sunday, January 12, 2025
घरप्रदेशगौरमा पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको उद्घाटन

गौरमा पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको उद्घाटन

राधेश्याम साह/
रौतहट/जिल्लाको गौर नगरपालिकामा राजर्षिजनक विश्वविद्यालय पण्डित मंगल कुमार उपाध्याय बहुमुखी क्याम्पसको समुद्घाटन सम्पन्न भएको छ।

गाैर-२स्थित श्री जुद्ध मावि नजिकै स्थापित सो क्याम्पसले यसै शैक्षिक सत्र देखि BBA र BSc Ag काे पठन पाठन शुरु हुने नगरप्रमुख शम्भु साहले जानकारी गराउनु भयो । उद्घाटन समारोहका प्रमुख अतिथि राजर्षि जनक विश्वविद्यालयका उपकुलपति डा.अमर यादव र गौर नगरपालिकाका नगर प्रमुख साहले संयुक्त रुपमा सो क्याम्पसको उद्घाटन गर्नु भएको हो ।

उद्घाटन समारोहमा उपस्थित नगरप्रमुख  साहले शिक्षा प्रति चाहना राखेका गरीब र जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने बताउनु भयो । त्यस्तै अनुसन्धानात्मक, जनमुखी र सर्वसुलभ शिक्षाले मात्रै विद्यार्थीले जीवन उद्देश्य बुझ्ने बताउनुभयो।

उक्त कार्यक्रममा विशेष अतिथिको रुपमा गौरको पुरानो शिक्षक विजय लाल कर्ण र गौर नगरपालिकाका उप प्रमुख शैल देवी ज्यू उपस्थित हुनुहुन्थ्यो ।

त्यसै गरी कार्यक्रममा अथितिको रुपमा नेकपा एकीकृत समाजवादीको नेता रेवन्त कुमार झा, स्थानीय नेता अनिलकुमार झा, गौर साजसेवी अबधेश यादव गौर नगरपालिकाको वडा अध्यक्ष, सदस्य, कर्मचारी हुनुहुन्थ्यो भने गौर नगरपालिका वडा नं ९ का अध्यक्ष अर्जुनकुमार सिंह, गौर उद्योग वाणिज्य संघका प्रतिनिधि, गैसस महासंघका प्रतिनिधि, नेपाल पत्रकार महासंघका प्रतिनिधि, जुद्द माध्यमिक विद्यालय प्राध्यापक, कर्मचारी, विद्यार्थी, पत्रकार, बुद्दिजिवी, शिक्षा प्रेमी महानुभाव लगायतको उपस्थिति रहेको थियो।

साथै उपकुलपतिज्यूले सो  क्याम्पसको समग्र शैक्षिक गुणस्तर विकास गर्न गौर नगरपालिका, उपस्थित पदाधिकारी, प्राध्यापक, कर्मचारी, विद्यार्थी र सम्पूर्ण शिक्षाप्रेमी महानुभावहरुले आ-आफ्नो स्थान बाट इमान्दारिताका साथ् लाग्नु पर्ने कुरामा जोड दिनुभएको थियो ।
उपकुलपति यादवले राजर्षि जनक विश्व विद्यालय मधेस प्रदेशमा एकमात्र संघीय विश्वविद्यालय रहेको बताउँदै आठ वटै जिल्लामा आंगिक क्याम्पस खाेल्ने र देश भरीका क्याम्पसलाई सम्बन्धन दिने कार्य भई रहेको जानकारी गराएका छन् । उपकुलपति यादवले पण्डित मंगल कुमार बहुमुखी क्याम्पस गाैरका लागि नगरपालिकाले गरेको सहकार्यका लागि धन्यवाद समेत दिनु भयो। क्याम्पसमा आगामी वर्षदेखि अन्य प्राविधिक शिक्षाको पढाइ थप्दै जाने विश्वास व्यक्त गरे ।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -