२०८३ बैशाख २२ गते, मंगलवार १९:१२

पर्सा सुनचाँदी व्यवसायी संघको नाममा उच्च अदालतको यस्तो आदेश

वीरगंज/ पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन प्रसाद सोनारसमेतलाई १५ दिन भित्र लिखित जवाफ पेश गर्न उच्च अदालत जनकपुर, अस्थायी इजलास वीरगंजले आदेश जारी गरेको छ।

सुनचाँदी व्यवसायी संघका साधारण सदस्य सुहाग श्री मन्दिरका प्रोपराइटर संजय कुमार सर्राफले आफ्नो सम्पूर्ण कागजात प्रमाण हुँदा हुँदै पनि अध्यक्ष भुलन सोनारले व्यवसायिक हित एवं संगठनको नीति विपरीत आफ्नो सदस्यता नविकरण नगरी अन्याय गरेको भन्दै उच्च अदालतमा निषेधाज्ञा निवेदन दिएपछि माननीय न्यायाधीश श्री अर्जुन महर्जनको एकल इजलासले बिपक्षी भुलन सोनारको नाममा १५ दिन भित्र लिखित आदेश पेश गर्न आदेश गरेको हो।

सुनचाँदी व्यवसायी संजय कुमार सर्राफले पर्सा सुनचाँदी व्यवसायी संघका अध्यक्ष भुलन सोनारले आफ्नो सदस्यता नविकरण नगरी आफ्नो व्यवसायिक हक एवं मतधिकारमाथि हस्तक्षेप गरेको भन्दै उच्च अदालत पुगेका थिए।

आदेशको पूर्णपाठ

 

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM