काठमाडौं/बंगलादेशमा भईरहेकाे हिन्दुहरुमाथिकाे आक्रमण प्रति विश्व हिन्दु महासंघ अन्तर्राष्ट्रियले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । महासंघका अन्तर्राष्ट्रियका अध्यक्ष अस्मिता भण्डारीले बुधवार एक विज्ञप्ति जारी गर्दै हिन्दूहरू माथिको हिंसा मानवअधिकार विरुद्ध भएको दाबी गरिएको छ।
जारी विज्ञप्तिमा भनिएको छ, “आरक्षण ब्यबस्थाकाे विरोधमा प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीहरुले उग्र प्रदर्शन गर्दै बगंलादेशका हिन्दु समुदायमाथि गरेको हिंसात्मक गतिविधि अत्यन्तै निन्दनीय र बर्बरतापूर्ण रहेको उक्त घटना प्रति बिश्व हिन्दु महासंघको गम्भीर ध्यानाकर्षण भएकोछ ।”
बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाेडेपछि हाल घटनाले उग्ररुप लिई रहेको छ । विज्ञप्तिमा भनिएको छ ‘हिन्दु मठ, मन्दिर ,पसल र घरहरुमा आक्रमण गरिएको खवरले संसारभरिका हिन्दुहरु दु:खित हुन पुगेका छन् । करिब सबा कराेड हिन्दु बिरुद्धकाे याे हमला बंगलादेशी हिन्दुहरु माथिकाे मानव अधिकार बिरुद्धकाे हमला हाे ।
तसर्थ बंगलादेशका निर्दोष हिन्दु समुदायमाथिको अन्यायविरुद्ध संसारभरिका सम्पूर्ण हिन्दु ॐ कार परिवार एक जुट भई आवाज उठाउन अनुरोध गर्दै अल्पसंख्यक जनताको संरक्षणका लागि संवदनशील हुन बंगलादेश सरकारको ध्यानाकर्षण गराउँदछौं । साथै विश्व हिन्दु महासंघ बंगलादेश च्याप्टर र त्यहाका सम्पूर्ण हिन्दु दाजुभाइ तथा दिदीबहिनीहरू यो विपत्तिको घडीमा एकजुट भइ सुरक्षित रुपमा रहनु हुन र उक्त हिंसात्मक घटनाबाट सजग रहनु हुन समेत अनुरोध गर्दछौं ।
अतः संसारभरिका सम्पूर्ण हिन्दु धर्मावलम्बी ॐकार परिवार, मानव अधिकारकर्मी तथा बंगलादेशी सेना/सरकार एकजुट भइ बंगलादेशका हिन्दु दाजुभाइ तथा दिदीबहिनीहरूको मानव अधिकारको संरक्षणका लागि गम्भीर हुन अनुरोध गर्दै उक्त घटनाप्रति गम्भीरताका साथ अग्रसर हुन नेपाल सरकारलाई समेत अनुरोध गर्दछौ !”