२०८३ असार १७ गते, बुधबार ०२:१४

केपी ओली चौथो पटक प्रधानमन्त्री नियुक्त

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीमा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई नियुक्त गरेका छन्।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि तोकिएको समयसीमा भित्रै आइतबार प्रधानमन्त्रीमा नियुक्त गरेका हुन्। नवनियुक्त प्रधानमन्त्री ओलीले सोमबार बिहान ११ बजे शीतल निवासमा शपथ ग्रहण हुने राष्ट्रपतिको कार्यालयले जनाएको छ।

राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२)बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज असार ३० गते (आइतबार)अपराह्न ५ बजेभित्र आफ्नो दाबी पेस गर्न शुक्रबार आह्वान गरेका थिए।

सो आह्वानअनुसार नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीका लागि शुक्रबार नै दाबी पेस गरेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM