२०८३ बैशाख २२ गते, मंगलवार २२:०१

७६(२) अनुसारआइतवार साँझ ५ बजेसम्म सरकार गठनको दाबी पेश गर्न राष्ट्रपतिको आह्वान

काठमाडौं- राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ सरकार गठनका लागि दाबी पेस गर्न आह्वान गरेका छन् ।

उनले संविधानको धारा ७६ (२) अनुसार प्रतिनिधि सभाको दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि दाबी पेस गर्न ७२ घन्टा समय दिएका हुन् ।

संसद्को दुई ठूला दलबीच एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा नयाँ सरकार गठन गर्ने सहमति भइरहेको छ । कांग्रेस र एमालेले दुई तिहाइभन्दा बढी सांसदको समर्थनमा नयाँ सरकार गठनका लागि दाबी पेस गर्ने तयारी गरेका छन् ।

राष्ट्रपति पौडेलले शुक्रबार साँझ केही कानुनविदलाई बोलाएर पनि परामर्श गरेका थिए। अधिकांश कानुनविदले ७६ (२) अनुसार संयुक्त सरकारका लागि आह्वान गर्नुपर्ने राय दिएका थिए।

राष्ट्रपतिले संयुक्त सरकारका लागि आह्वान गरेपछि संसदका सबैभन्दा ठूला दल कांग्रेस र एमाले मिलेर नयाँ सरकार गठनका लागि बाटो खुलेको छ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM