२०८२ माघ २३ गते, शुक्रबार १५:३५

ओलीको प्रधानमन्त्री बन्ने संभावना पर सर्यो

काठमाडौं । देशका सबैभन्दा ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेले साझेदारीमा नयाँ सरकार गठन गर्ने तयारी गरेका छन् । यी दुई दलको सहमतिअनुसार अबको प्रधानमन्त्री एमाले अध्यक्ष केपी ओली बन्नेछन् ।

कांग्रेस र एमालेले जेसुकै सहमति गरेको भए पनि केपी ओली प्रधानमन्त्री बन्नको लागि हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा दिनु अनिवार्य हुनेछ । प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर प्रतिनिधिसभामा विश्वासको मत लिन्छु भनिदिए ओली प्रधानमन्त्री बन्न पाउने छैनन् ।

हालका प्रधानमन्त्री प्रचण्ड संविधानको धारा ७६ को उपधारा २ अनुसार नियुक्त भएका र विश्वासको मत पाइसकेका प्रधानमन्त्री हुन् । अब उनलाई समर्थन गर्ने दलले समर्थन फिर्ता लिए उनले विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ । तर, साथ दिएका दलले समर्थन फिर्ता लिएकै आधारमा राजीनामा दिनुपर्ने अनिवार्य व्यवस्था संविधानमा कतै छैन ।

संवैधानिक व्यवस्था अनुसार एमालेले समर्थन फिर्ता लिएको अवस्थामा प्रचण्डले ३० दिनभित्र विश्वासको मत लिनुपर्छ । यसबाहेक विश्वासको मत नपाउने अवस्था देखेमा उनले स्वविवेकले राजीनामा पनि दिन सक्छन् । तर, राजीनामा दिने उनको व्यक्तिगत इच्छाको कुरा हो यसमा उनी बाध्य छैनन् ।

यदि प्रधानमन्त्री प्रचण्डले राजीनामा नदिएर विश्वासको मत लिने प्रयास गरेमा संविधानले केपी ओलीको प्रधानमन्त्री बन्ने बाटो छेकिदिनेछ । प्रतिनिधि सभामा प्रचण्डले विश्वासको मत पाएमा उनी आफैं प्रधानमन्त्री कायम रहनेछन् । यद्यपि एमाले कांग्रेस मिलिसकेको अवस्थामा उनले विश्वासको मत पाउने सम्भावना रहँदैन । यस्तोमा विश्वासको मत नपाएर उनी पदमुक्त हुने लगभग निश्चितजस्तै छ ।

यदि प्रचण्डले विश्वासको मत पाउन सकेनन् र उनी पदबाट हटे पछि स्वतः संविधानको धारा ७६ को उपधारा ३ आकर्षित हुनेछ । उपधारा ३ मा प्रतिनिधि सभामा सबैभन्दा धेरै सदस्य भएको दलको संसदीय दलको नेता प्रधानमन्त्री बन्ने व्यवस्था छ । अहिलेको प्रतिनिधि सभामा सबैभन्दा धेरै सदस्य भएको दल नेपाली कांग्रेस हो । यस हिसाबले कांग्रेसका संसदीय दलका नेता शेरबहादुर देउवा प्रधानमन्त्री बन्नेछन् ।

गएराती कांग्रेस र एमालेबीच सहमति हुने बेलामा राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार नै नयाँ सरकार बन्ने विषयमा आश्वस्त पारेपछि दुई दलले सहमति पत्रमा हस्ताक्षर गरेको बताइएको छ । यसको अर्थ राष्ट्रपतिले वा अन्य शीर्ष नेताहरुले प्रधानमन्त्री प्रचण्डलाई राजीनामा दिनका लागि मनाउन सक्छन् भनिएको हुन सक्छ किनकि प्राविधिक रुपमा प्रचण्डले राजीनामा नदिइ राष्ट्रपतिले धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गर्न मिल्दैन ।

प्रधानमन्त्री प्रचण्डले तत्कालै राजीनामा दिएमा राष्ट्रपतिले संविधानको धारा ७६ (२) अनुसार सरकार गठनको आह्वान गर्न बाधा पर्दैन । तर, प्रधानमन्त्रीले राजीनामा नदिए परिस्थिति बदलिनेछ । प्रधानमन्त्रीले राजीनामा नदिएर विश्वासको मत फेस गरेर असफल भएमा अनिवार्य धारा ७६ (३) अनुसार सरकार गठनको लागि आह्वान गर्नुपर्ने हुन्छ । यो अवस्थामा देउवा प्रधानमन्त्री बन्नेछन् ।

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने तर प्रतिनिधि सभामा विश्वासको मत पनि नलिने हो भने नयाँ प्रधानमन्त्री बन्न ३० दिन कुर्नुपर्ने हुन्छ । ती ३० दिनसम्म प्रचण्ड नै प्रधानमन्त्री रहनेछन् । प्रधानमन्त्रीले ३० दिनसम्म विश्वासको मत नलिए त्यसपछि भने राष्ट्रपतिलाई धारा ७६ (२) अनुसार सरकार गठनका लागि आह्वान गर्न बाटो खुल्नेछ । यो प्रक्रियाबाट भने ओली प्रधानमन्त्री बन्न सक्छन् ।

प्रधानमन्त्रीले ३० दिनसम्म विश्वासको मत नलिए प्रधानमन्त्री स्वतः पदमुक्त भएको मान्न सकिने सर्वोच्च अदालतको एक हप्ताअघिको फैसलाले नजीर बसाएको छ । कोशी प्रदेशका पूर्व मुख्यमन्त्री केदार कार्कीले यसैगरी ३० दिन विश्वासको मत नलिएपछि उनलाई पदमुक्त भएको मान्दै प्रदेश प्रमुख परशुराम खापुङले नयाँ सरकार गठनको लागि गरेको आह्वानलाई एक हप्ताअघि सर्वोच्च अदालतले सदर गरेको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM