२०८३ बैशाख २३ गते, बुधबार ०५:१८

प्रधानमन्त्री दाहाल भेट्न बालुवाटार पुगे ओली

काठमाडौं/नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेट्न बालुवाटार पुगेका छन्।

गएराती काँग्रेस र एमाले मिलेर नयाँ सरकार बनाउने सहमति भएसँगै ओली मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका हुन्।

दुवैबीच अहिले भेटवार्ता जारी छ।

दुई दलबीच आलोपालो सरकारको नेतृत्व गर्ने र पहिलो चरणमा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारको नेतृत्व गर्ने सहमति भएको छ।

एमालेका मन्त्रीहरूले आजै राजीनामा दिने बताइएकाे छ। आजै एमालेकाे सचिवालय बैठक बस्दैछ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM