Wednesday, November 27, 2024
घरसमाचारसंघीय संसद सचिवालयका कर्मचारीको माग सम्बाेधन गर्न समिति गठन

संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बाेधन गर्न समिति गठन

काठमाडौं / संघीय संसद सचिवालयका कर्मचारीको माग सम्बाेधन गर्न कानुन, न्याय तथा संसदीय मामिलामन्त्री पदम गिरीको संयाेजकत्वमा समिति गठन भएकाे छ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतबार बिहान बसेकाे बैठकले कानुनमन्त्री गिरीकाे संयाेजकत्वमा तीन सदस्यीय समिति गठन गरेकाे हाे।
कानुनमन्त्री गिरी, संसद्का महासचिव पद्मप्रसाद पाण्डेय र अर्थसचिव मधु मरासिनीलाई माग सम्बाेधन गर्न जिम्मा दिइएको हाे। समितिमा संसद सचिवालयका महासचिव पाण्डेय र अर्थ मन्त्रालयका सचिव मरासिनी सदस्य रहनेछन्।
बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपीशर्मा ओली, अर्थमन्त्री वर्षमान पुन र मुख्य सचिव डा. बैकुण्ठ अर्याल सहभागी थिए।
सभामुखले संसद सचिवालयका कर्मचारीको मागबारे सम्बद्ध पक्षहरूसँग केही दिनदेखि औपचारिक अनौपचारिक छलफलसमेत गर्दै आइरहेका थिए।
अतिरिक्त समयमा काम गर्दाको सेवा, सुविधा मागसहितका ११ बुँदे माग राख्दै संघीय संसद सचिवालयका कर्मचारीहरू आन्दाेलनरत छन्।

अर्को के पढ्ने...
- Advertisment -spot_img
- Advertisment -