२०८३ बैशाख २३ गते, बुधबार १३:५४

रास्वपाका मन्त्रीहरुले देशका लागि काम भन्दा चटक बढी गरेको गगन थापाको आरोप

काठमाडौं – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नयाँ राजनीतिक दलहरुको प्रवृति लोक रिझाउने मात्र रहेको बताएका छन् ।

उनले एमालेले सरकारमा पठाएको व्यक्ति हेर्दा सरकारको कामको परिणामबाट पञ्छिन खोजेको आरोप लगाए ।

शनिबार काठमाडौंमा आयोजित एक प्रशिक्षण कार्यक्रममा थापाले उपप्रधानसहित चार जना रास्वपाका व्यक्तिहरु मन्त्रीमण्डलमा रहेपनि देशका लागि काम गर्ने भन्दा चटक गर्नेमा ध्यान केन्द्रित गरेको बताएका हुन्।

उनले मुलुकको अर्थतन्त्र बिग्रेका बिषयमा प्रधानमन्त्रीबाट जवाफको आश नगरेको बताएका छन्। प्रचण्डलाई किन र के का लागि प्रधानमन्त्री भएको भन्ने नै मेसो नरहेको भन्दै मुलुकको अर्थतन्त्र बिग्रेका बिषयमा प्रधानमन्त्रीबाट जवाफको आश नगरेको बताएका हुन्।
थापाले सरकारप्रति जनतामा देखिएको निराशालाई कांग्रेसले नै चिर्न सक्ने दाबी गरे। ८४ सालसम्म प्रतिपक्षीमा बस्नुपर्ने र सरकार परिवर्तनको खेलमा नलाग्नेमा कांग्रेस स्पष्ट रहेको उनले बताए।

थापाले संविधानलाइ थप सान्दर्भीक बनाउनका लागि एमाले र माओवादीसंग छलफल गर्ने धारणा राखे।
संघ र प्रदेशको संसदको संख्या घटाउनुपर्ने, निर्वाचन प्रणाली परिवर्तन गर्नुपर्ने भन्दै उनले यसका लागि सवै दलहरुबीच सहमति कायम गरेर संविधान संशोधन गर्नुपर्नेमा जोड दिए।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM