– ललित ध्वज खड्का
विश्वकै ठूलो लोकतान्त्रिक मुलुक भारतले डेढ महिना लगाएर सातौँ चरणको निर्वाचन सफलताका साथ सम्पन्न गर्यो। संसारले भारतीय चुनावलाई निकै उत्सुकताका साथ नियालेका थिए। एक सय ४० करोड जनसंख्या रहेको तथ्यांकअनुसार ६८ करोड भारतीय नागरिक मतदानमा सहभागी भएका थिए। लोकतन्त्रप्रति विश्वसनियता दर्साउँदै बैसठ्ठी प्रतिशत जनताले प्रचण्ड गर्मीको बावजुद उत्साहबर्द्धक सहभागिता देखाए ।
निर्वाचनमा विभिन्न क्षेत्रीय दलहरु मुख्यतः दुई प्रमुख दल भारतीय जनता पार्टी र काङ्ग्रेस आई गठबन्धनमा जोडिएका थिए । भाजपा गठबन्धनमा टिडिपीका चन्द्र बाबू नायडु जेडियुका नितिश कुमार लगायत पन्ध्र दल थिए भने काङ्ग्रेस आईसँग अखिलेश यादबको समाजबादी पार्टी ममता बेनर्जिको त्रिमुल काङ्ग्रेस सहित बीस दल थिए। बिजेपी समर्थित गठबन्धनको नाम एनडिए हो भने काङ्ग्रेस आई समर्थित गठबन्धनको नाम ईन्डिया ।
लोकसभाको ५४३ सिटको लागि भएको महागठबन्धनको आम निर्वाचन २०२४ ले यसपाली बिजेपीलाई झट्का दियो । २०१४ मा बिजेपी एक्लैले दुई सय चौरासी सिट र २०१९ मा तिनसय तीन सिट ल्याएर बहुमत प्राप्त गरेको थियो । जुन चार चार सय पारको नारालाई विपक्षी गठबन्धनले ब्रेक लगाइदिए र २००४ कै अवस्थामा फर्काएको स्थिति छ । २०२४ मा बिजेपी दुई सय चालीस सिटमा खुम्चिन पुग्यो। यद्यपि दुई सय त्रियानब्बे सिट सहित एनडियको स्पष्ट बहुमत छ।
मोदी सरकार निर्माणका लागि किङ मेकर चन्द्र बाबू नायडु र नितिश कुमार हुन् । यी दुई नेतालाई साथमा लिएर कसरी अगाडि बढ्छन्, त्यो हेर्न बाँकी छ। किन कि बिगतमा नायडु र नितिशको सम्बन्ध मोदीसँग पानी बाराबार रहेको थियो।
२०१४ र २०१९ मा मजबुत प्रधानमन्त्री चन्द्र बाबू नायडु र पल्टुराम भनेर कहलिएका नितिश कुमारका दबाबले मजबुर प्रधानमन्त्री नहोलान भन्न सकिन्न।
साठी बर्ष पश्चात् इतिहास दोहोर्याएर जवाहरलाल नेहरु पछि लगातार तेस्रो पटक प्रधानमन्त्री बन्ने मोदी दोश्रो भारतीय नेता हुन। मोदीका लागि यस पटकको कार्यकाल चुनौतीपूर्ण त छ नै साथै अवसर पनि छ। नेहरुले पनि दुई कार्यकाल बहुमतले सरकार संचालन गरेका थिए । तेस्रोपटक बहुमत नपुगेर अन्य दलको सहयोगमा प्रधानमन्त्री भए । गठ्जोड मिलाएर सबल नेतृत्व प्रदान गरेका कारण काङ्रेस आईले पच्चीस वर्षसम्म शासन गर्यो । मोदीले नेहरु कै बाटोलाई आत्मसात गरे भने बिजेपीको शासन अबधी लम्बिन सक्छ।
चुनावमा बिजेपीको अपेक्षित परिणाम नाआउनुको पहिलो कारण – बिपक्षीको तुलनामा महत्त्वाकांक्षा हाबी हुनु हो। मोदी जसरी खटे बिजेपी कार्यकर्ता खटेनन् । दोश्रो कारण – उत्तर प्रदेशमा यादव, मुसलमान र दलितको मतलाई बेवास्ता गर्दा बिजेपीको मत समाजबादी पार्टीका अखिलेश यादवको पोल्टामा पुग्यो। तेस्रो कारण – मोदीको मजबुत आधार थिएन । मोदी ब्रान्डलाई २०१४ र २०१९ को जस्तो रुचाइएन। चौथो कारण -भौतिक पूर्वाधारका विकासले मात्र आम नागरिकको मन छोएन । नागरिकका दैनिक जीवनयापनसँग मोदी सरकार जोडिएन । बिपक्षीले यसैलाई मुद्दा बनाए र सशक्त भएर २३४ सिट सहित लोकसभामा निर्बाचित भए। बिपक्षी दलहरु टक्कर दिन सफल भए। हारमा पनि खुशी प्रकट गरिरहेका छन् ।
अब भारतीय राजनीति पनि केही हदसम्म अस्थिरता तर्फ उन्मुख भएको देखिन्छ। मोदीले गठबन्धनलाई कसरी समेटेर लैजान्छन् हेर्न बाँकी छ। हाम्रै देशको जस्तो अवस्था चाहिँ पक्कै नहोला किन कि लोकतान्त्रिक अभ्यस्त भएको मुलुक हो। शुभकामना ।
भारतीय निर्वाचनलाई लिएर नेपालीहरु यति धेरै उत्साहित नभएको भए हुन्थ्यो। भारतीय जनता पार्टीले बहुमत ल्याउन नसकेको कुरा सत्य हो। तर उसले नेतृत्व गरेको एनडिए गठबन्धनले बहुमत ल्याएको छ। बिजेपीको २४० सिट छ भने उसको प्रमुख प्रतिस्पर्धी कांग्रेस पार्टीको १०० सिट पनि पुगेको छैन। केहि दिन पछि मोदीजी फेरी प्रधानमन्त्री बन्दैछन् । मोदी र अमित शाहहरु अरु पार्टीहरु टुटाउन र फुटाउने मामिलामा अति नै कुशल र दक्ष छन्। केही महिना र वर्ष भित्रै मोदी र अमित शाहले साना पार्टीहरु फुटाएर अरु थप ३२ सिट जुटाएर एक्लै बहुमत जुटाए भने अच्चम नमाने हुन्छ। त्यस्तै गरि मोदी सरकारको कार्यशैली उनका अघिल्ला कार्यशैली भन्दा खासै फरक होला जस्तो लाग्दैन। उनले बिगत दुई कार्यकाल अर्थात १० वर्षमा खडा गरेको स्टेट मेसिनरी कायम नै छ। सोहि प्रकारले भारतको विदेश नीति एकदम स्थिर हुन्छ। कुनै सरकार वा व्यक्ति बद्लिदैमा भारतको विदेश नीति फेरिदैन। डा मनमोहन सिंहको पालामा नेपाल जुन विदेश नीति थियो मोदीले त्यसको स्वामित्व ग्रहण गरे। त्यसलाई बदल्ने जोखिम मोलेनन। अब आउँदा वर्षहरुमा पनि मोदीले त्यो काम गर्लान जस्तो लाग्दैन।