यस अघि आज बस्ने बैठकमा विश्वासको मत लिने कार्यसूची भएपनि उनले आफु विरामी रहेको भन्दै जेठ २८ गते विश्वासको मत लिने पत्र प्रदेश सभा सचिवालयमा पठाएका थिए। तर उनको विश्वासको मत लिने आज अन्तिम दिन भएको र आज विश्वासको मत नलिएमा स्वतः पदमुक्त हुने भएपछि विश्वासको मत लिन लागेका हुन्।
मुख्यमन्त्री यादवलाई नेपाली कांग्रेस र महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले विश्वासको मत दिने भएका छन्। तर यतिले मात्र उनले विश्वासको मत पाउने अवस्था रहेको छैन।
१०७ सदस्यीय मधेश प्रदेशमा एमालेका सभामुख सहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपा र माओवादी केन्द्रका ९–९, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद छन्।










