२०८३ असार १८ गते, बिहीबार ०७:२६

सभामुखको भूमिका सन्तोषजनक भएन : चित्रबहादुर केसी

काठमाडौं। जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नभएको टिप्पणी गरेका छन्।

प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै केसीले संसदमा सभामुखको भूमिका सन्तोषजनक नदेखिएको टिप्पणी गरेका छन्।

प्रतिपक्षीले विरोध गरिहेको बेला संसद संचालन गरेको भन्दै उनले सभामुखको भूमिकाप्रति असन्तुष्टि व्यक्त गरेका छन्।

साथै उनले प्रधानमन्त्रीले १७ महिनामा चार पटक विश्वासको मत लिने अवस्था कसरी बन्यो भन्दै अस्थिरताको कारक बनेको आरोप लगाएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM