२०८३ बैशाख २३ गते, बुधबार २३:०३

संसदको अवरोध जारी राख्ने काँग्रेसको निर्णय

काठमाडौं। प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदको अवरोधलाई जारी राख्ने भएको छ। सहकारी प्रकरणमा सत्ता पक्ष संसदीय छानबिन समिति गठन गर्न तयार नभएको भन्दै कांग्रेसले सदनमा अवरोध जारी राख्ने भएको छ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले समग्र सहकारीबारे छानबिन गर्ने प्रस्ताव राखे पनि कांग्रेसले अस्वीकार गरेको बताइएको छ। कांग्रेसले सहकारी प्रकरणमा गृहमन्त्री रवि लामिछाने जोडिएकोले संसदीय छानबिन समिति गठनको अडान राखेको छ।

कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले सत्तापक्ष सहकारी प्रकरणमा संसदीय छानबिन समिति गठनमा तयार नदेखिएको बताए। कांग्रेस सचेतक सुशीला थिङका अनुसार अहिलेसम्म कुनै पनि सहमति भएको छैन। संसदीय छानबिन समिति गठन नभएसम्म सदन अवरोध हुने भएको छ।

यस अघि आज बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सहमतिको प्रयास जारी रहेको भन्दै अपराहन्न ४ बजेका लागि सारिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM