२०८२ फाल्गुन २ गते, शनिबार १७:५८

काज दरबन्दीको घुमुवाको समन्वयमा रौतहटमा तस्करी

काठमाडौं । नेपाल प्रहरीका महानिरीक्षक बसन्तबहादुर कुँवरको दरबन्दी पठाओ अभियानलाई मातहतका प्रहरी कार्यालयले कार्यान्वयन गरेका छैनन् । केही दिनअघिमात्र नेपाल प्रहरीका प्रवक्ता भीमप्रसाद ढकालले दरबन्दीमा नजाने, रमाना नलिनेलाई मात्र होइन, काजमा राख्ने कार्यालय प्रमुखसम्मलाई कारबाही गर्ने अभिब्यक्ति दिएका छन् । गृहमन्त्री रवि लामिछानेले घुमुवा नराख्ने निर्देशन जारी गरे पनि त्यो कार्यान्वयन हुन नसकेका तथ्यहरु एकपछि अर्को सार्वजनिक भइरहेका छन् ।

यसैक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका तत्कालीन प्रमुख एसपी महेन्द्र श्रेष्ठको पालामा रमाना दिइएका बदनाम घुमुवाहरुलाई पुनः थमौती गर्दै सीमा क्षेत्रमा भन्सारछली गर्नेहरुसँग असुलीमा परिचालन गरिएको छ । श्रेष्ठलाई तानेपछि नयाँ एसपीका रुपमा दिलीप घिमिरे गएका छन् । कमाण्ड कन्ट्रोलमा कमजोर घिमिरे गएपछि रौतहटमा डीएसपी एलिजा गिरीको हैकम चल्न थालेको छ । गिरीले नै मजरुल होदा र सुरेन्द्र सुृरेन्द्र दुवेलाई घुमुवा राखी तस्करी गर्नेहरुसँग हप्ता र महिना असुलीमा लगाएको आरोप छ ।

दर्जाले सिपाही भए पनि होदा र दुबे लामो समयदेखि रौतहट जिल्ला प्रहरीका घुमुवाका रुपमा काम गर्दैआएका छ्न । होदा असई श्याम साह रौतटहको घुमुवा इन्चार्ज हुँदा त्यसको कमाण्डमा खटिने गरेका थिए । सोलु सरुवा भएपछि असई साहले राजीनामा दिएर बिदा भएका थिए । होदाको दरबदी सर्लाही हो । रौतहटकाा यसअघिका एसपी महेन्द्र श्रेष्ठले उनलाई रमाना गर्न निर्देशन दिए । डीएसपी गिरीले १५ दिनको बिदासहितको रमाना दिएकी थिइन् । महेन्द्र श्रेष्ठको बीचमा सरुवा भएर दिलीप घिमिरे गएपछि डीएसपी गिरीले घिमिरेलाई प्रभावमा पारेर होदाको रमानापत्र रद्द गराएर अहिले रौतहटमै घुमुवा बनाएर राखेकी छन् ।

रौतहटको तस्करीको नेटर्वकका जानकार होदा र दुवेले गौर नाकाबाट सामान ओसारपसार गर्ने अरबेन्द्र, बद्री, ओमप्रकाशलाई किराना सामानको लाइन दिएका छन् । कपडा र किरानाको सामान ल्याउने २५ महिलाको समूहले पनि यी घुमुवाहरुलाई दस्तुरी बुझाउने गरेका छन् । बेलबिछवा नाकाबाट ठूला कारोबारी वीरेन्द्र साह हुन् । उनले नेपाली मदिरा बिहारतर्फ पठाउने गरेका छन् । बिहारमा मदिरा निषेध भएकाले केही बर्षदेखि नेपालबाट तस्करीको माध्यमबाट जाने गरेको छ ।

घुमुवा होदा र दुवेले नेपालबाट मदिरा लगायतका सामान र भारतबाट कपडा लगायत किराना सामान भित्र्याउने ब्यापारीसँग लाइन मिलाएर डीएसपी गिरीबाट संरक्षण पाउने गरेका छन् । जसको भागबण्डा डीएसपीदेखि एसपीसम्म पुग्ने गरेको स्रोत बताउँछ ।

मठिया नाकामा धान तस्करीको लाइन सुनिल साह र धर्मजीत साहलाई दिइएको छ । मासिक ५० हजार दररेट तोकेर धान तस्करीको लाइन दिइएको स्रोतको दाबी छ । धान तस्करीको सूचना नागरिकस्तरबाट पाएपछि प्रहरी निरीक्षक उमाशंकर गुप्ताले बैशाख १८ गते राति गोदाममा छापा मारेर धान बरामद गरेका थिए । मटिया नाकामा असई हसमुद्दिन मियाँ इन्चार्ज छन् । घुमुवा होदा र मियाँ मिलेर लाइन मिलाएर धान तस्करी गर्ने गरेका छन् ।

यता डिएसपी एलिजा गिरीले घुमुवा नराखेको तर आवश्यकता परेको बेला सादा पोषाकमा पठाउने गरेको दाबी गर्दै आएकी छिन्।

यो पनि हेरौँ

भारतबाट धानको कमसल बिउ ल्याउन तस्करलाई रौतहट प्रहरीको “लाइन”

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM