२०८१ चैत्र २४ गते, आईतवार १९:१५

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरपालिकाका इन्जिनीयरसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउने बहानामा सेवाग्राहीसँग साढे ३ लाख रुपैयाँ घुस लिएको आरोपमा अख्तियारले इन्जिनीयर शिवप्रसाद बरालसहित ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

इन्जिनीयर बराल, सब इन्जिनीयर उषाकिरण रोकाया र कन्सल्टेन्सी सञ्चालक सुरज कुँवरविरुद्ध बिहीबार विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ ।उनीहरूलाई डेढ लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा चैत २८ गते नियन्त्रणमा लिइएको थियो । बाँकी २ लाख सुरज कुँवरमार्फत लिई उषाकिरण रोकायाको खातामा जम्मा गरेको अभियोग पत्रमा उल्लेख छ ।उनीहरूविरुद्ध घुस रकम बराबर बिगो कायम गरी बिगोबमोजिम जरिवानाको समेत मागदाबी लिइएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले बताए।

प्रतिक्रिया लेख्नुहोस्

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा

शुद्ध भन्छन्, हड्डी खुवाउँछन्! — जिम्बू थकालीको गम्भीर लापरवाही, शाकाहारी ग्राहकलाई दालमा चिकेनको हड्डी

काठमाडौं, नयाँ बानेश्वर — राजधानीको प्रतिष्ठित भनिएको “जिम्बू थकाली” रेष्टुरेन्टमा