२०८२ फाल्गुन २ गते, शनिबार १९:३४

भारतबाट धानको कमसल बिउ ल्याउन तस्करलाई रौतहट प्रहरीको “लाइन”

काठमाण्डौ/भारतसँग सीमा जोड़िएका नाकाबाट सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरीको संरक्षणमा खाद्यान्न देखि लत्ता कपड़ा, मोटर पार्ट्स, भारतीय चाँदीको तस्करी हुने तथा हुण्डी रकमको अवैध ओसार पसार भइ नै रहेको खबर नौलो होइन । तर यतिबेला नेपाली कृषि उपजलाई सखाप पार्न गुणस्तहीन अर्थात् कमसल ब्राण्डको धानको बिउको तस्करी समेतको “लाइन” नै दिईएको खबर जानकारीमा आएको छ।

नेपाल सरकार कृषि उपज बढ़ाउन तथा कृषकहरूकालागि सहज रुपमा सुपथ मूल्यमा धानको गुणस्तरीय बिउ नेपालमै उपलब्ध गराउने तयारीमा रहेको अवस्थामा रौतहटको मठिया महुलीया नाकाबाट तस्करहरूलाई गुणस्तरहीन भारतीय धानको बिउ तस्करी गरी भित्र्याउन लाईन जिल्ला प्रहरी कार्यालय रौतहट र मातहतका प्रहरी चौकी मठिया एवं इलाका प्रहरी कार्यालय गरूड़ा समेतको ग्रीन सिग्नलपछि मंगलबार देखि धानको बिउको तस्करी शुरू भएको स्रोतबाट जानकारी हुन आएको छ।

रौतहटको मठिया महुलीया नाकाबाट धानको बिउ तस्करी गर्न मठिया स्थित संजय होटेलमा सोमबार राती ९:३० बजेसम्म भएको डीलपश्चात् धर्मराज साह र सुनिल जायसवाल गरुडा निवासी, लाई लाइन दिइएको स्रोतको दाबी छ।

जिल्ला प्रहरी कार्यालय रौतहटकी डिएसपी एलिजा गिरीको आशीर्वाद प्राप्त सर्लाही दरबन्दी भएर लामो समयदेखि रौतहटमा घुमुवाको रुपमा कार्यरत प्रहरी जवान जैनुदिन होदा मियाँ र प्रहरी हवलदार सुरेन्द्र दुबे र तस्करबीच भएको “डिल” पश्चात् “लाइन” दिईएको बताईन्छ। तस्करहरूले घुमुवा मार्फत जिल्ला प्रहरी कार्यालय रौतहट, इलाका प्रहरी कार्यालय गरुड़ाका डिएसपीलाई मिलाउन घुमुवा प्रहरी विजय यादव र प्रहरी चौकी मठियाका प्रमुख (असइ)लाई मिलाउन मोटो रकम बाँडफाँड संजय होटेलमै भएपछि मंगलबार देखि लाइन खोलिएको बताइन्छ।

६ देखि ८ वटा सम्म मोटरसाईकलमा प्रति मोटरसाइकल ६ बोरासम्म लोड गरेर दैनिक ८-१० ट्रिप मठिया हुँदै गरुड़ा लैजानेगरी लाइन दिइएको स्रोतले जानाएको छ।

यस सन्दर्भमा जिल्ला प्रहरी कार्यालय रौतहटकी सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक एलिजा गिरीसँग बुझ्दा उनले जिल्लामा घुमुवा नराखिएको बताउनु हुँदै काम परेको बेलामा मात्र सिभिलमा भने पठाउने गरेको बताउनु भयो। तर तस्करलाई लाइन दिएको सन्दर्भमा चैँ “के रहेछ, बुझ्छु” भन्दै पन्छिनु भयो।

प्रतिक्रिया लेख्नुहोस्

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

निर्दोषलाई समातेर ‘काम देखाउने’ प्रहरी? ट्रान्सपोर्ट एरियाको झडपमा पर्सा प्रहरीमाथि गम्भीर आरोप

वीरगंज/वीरगंज महानगरपालिका-आदर्शनगरस्थित ट्रान्सपोर्ट एरियामा माघ २६ गते भएको झडप घटनामा

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot bendera62 djarum4d m77 andara88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM