२०८३ जेष्ठ ३ गते, आईतवार १७:५३

नायिका एलिना अब साउथ इण्डियन फिल्ममा ! “टिक–टक”को भिडियोले जुरायो अवसर

नायिका एलिना अब साउथ इण्डियन फिल्ममा
“टिक–टक”को भिडियोले जुरायो अवसर

काठमाण्डौ/ नेपाली सिने क्षेत्रबाट छलाङ्ग मार्दै नायिका एलिना बासकोटा साउथ इण्डियन मुभिमा पुगेकी छिन् ।
नेपाली सिने जगतमा प्रवेश गरेको सानो समयमै दर्शकहरूमाझ लोकप्रियता कमाउन सफल नायिका एलिना बासकोटालाई साउथ इण्डियन मुभी सम्म पुग्ने मौका भने “टिकटक” नामक मनोरंजनात्मक एप्सले जुराएको हो ।

सामाजिक सञ्जालमा निकै नै चर्चामा रहेको मनोरञ्जनात्मक म्युजिक भिडियो एप्स “टिक–टक”मा केही समय अघि आफ्नो भिडियो राखेपछि साउथ इण्डियन मुभिका कोरियोग्राफरले प्रभावित भएर फिल्ममा आइटम डान्सको प्रस्ताव गरेपछि आफूले स्वीकार गर्दै साउथ इण्डियन फिल्मको यात्रामा आफ्नो पाइला अघि सारेको नायिका एलिनाले बताउनु भयो ।

नायिका एलिनाका अनुसार मंजितद्वारा निर्देशित साउथ इण्डियन फिल्म, “कोचिन शादी एट चेन्नई–३”को लागि आइटम गीतमा नृत्य गर्न कोरियोग्राफर रेजिन जोयले प्रस्ताव गरेपछि आफू यतिखेर सो गीतको छायांकनको लागि साउथ इण्डिया पुगेको बताईन् ।

यसअघि फेरी फेरी, आइ एम क्रेजी, अहिंसा, संजिवनी, अदालत लगायतको फिल्म तथा टेलिफिल्मका साथै भोजुरी फिल्म “चण्डी” समेतमा अभिनय गरी आफ्नो उत्कृष्ट कलाकारिताबाट छोटो समयमै दर्शकहरूमाझ लोकप्रियता कमाएकी नायिका एलिनाले भारतीय फिल्ममा अवसर पाउनु उनका फ्यानहरू र सिंगो कलाकारिता क्षेत्रको लागि गौरवको कुरा हो ।

प्रतिक्रिया लेख्नुहोस्

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

प्रधानमन्त्री कार्यालयको चेतावनी: सरकारी नाम दुरुपयोग गरी कर्मचारी धम्क्याउनेलाई कडा कारबाही हुने

काठमाडौं । नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री, सचिवालय

Live

Listen Live FM