२०८३ जेष्ठ ५ गते, मंगलवार २३:२८

कथावाचक गुरु श्रीनिवास आचार्य रिहा

जनकपुरधाम/धार्मिक हिंसा भड्काउने खालको अभिव्यक्ति दिएको आरोपमा पक्राउ परेका धर्मगुरु श्रीनिवास आचार्य रिहा भएका छन्।

केही दिन अघि जनकपुरधाममा आयोजित गौ हत्या विरुद्धको विरोध सभामा हिंसा भड्काउने उत्तेजक अभिव्यक्ति दिएको आरोपमा गत मङ्गलवार जिल्ला प्रहरी कार्यालय सुनसरीले पक्राउ गरेको थियो।

बिहीवार उनीमाथि आज मुद्दा दर्ता भए पनि अहिले केहि बेर अघि उनलाई रिहाई गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाका डिएसपी रञ्जन अवाले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालयले उनलाई सार्वजनिक शान्तिविरुद्धको कसुरमा ५०० रुपैयाँ जरिवाना तिराएर रिहा गरेको प्रमुख जिल्ला अधिकारी चक्रपाणि पाण्डेले जानकारी दिए । उनका अनुसार श्रीनिवासले आफूले उत्तेजक अभिव्यक्ति दिएर गल्ती गरेको स्वीकार गरेपछि ५०० रुपैयाँ जरिवाना तिराएर छाडिएको हो ।

श्रीनिवासको रिहाईपछि केहि बेर अघि उनका समर्थकहरुले आचार्यलाई लिएर नगर परिक्रमा गरेका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM