२०८३ बैशाख १३ गते, आईतवार ०५:०६

सशस्त्र प्रहरी निरीक्षक ४० हजार घुससहित पक्राउ

धनुषा । धनुषाको लालगढ क्षेत्रबाट एक जना सशस्त्र प्रहरी निरीक्षक घुससहित पक्राउ परेका छन्। पक्राउ पर्नेमा निरीक्षक ओकिल अधिकारी रहेको जनाइएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय बर्दिबासबाट खटिएको टोलीले उनलाई आज बिहान नियन्त्रणमा लिएको हो। आयोगका अनुसार उनी लामो समयदेखि निगरानीमा थिए।

कमला–ढल्केवर–बाग्मती सडक निर्माण खण्डअन्तर्गत माटो तथा ग्राभेल फिलिङ कार्यमा संलग्न सवारी साधनहरूलाई अनावश्यक रूपमा रोक्ने, अवरोध सिर्जना गर्ने र रकम माग्ने गरेको उजुरीपछि अख्तियारले अनुसन्धान अघि बढाएको थियो।

सोही क्रममा निरीक्षक अधिकारीलाई ४० हजार रुपैयाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरिएको स्रोतले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM