२०८३ बैशाख १३ गते, आईतवार १०:०७

पूर्वगृहमन्त्री लेखकको बन्दी प्रत्यक्षीकरणसम्बन्धी निवेदनमा सुनुवाइ सकियो

काठमाडौँ । पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण निवेदनमाथि सर्वोच्च अदालतमा सुनुवाइ प्रक्रिया सम्पन्न भएको छ।

उक्त निवेदनमाथि न्यायाधीश कुमार रेग्मीको इजलासमा सोमबार बहस सकिएको हो। निवेदक पक्षले गैरकानुनी रूपमा हिरासतमा राखिएको दाबी गर्दै तत्काल रिहाइको मागसहित आइतबार अदालतमा रिट दर्ता गराएका थिए।

लेखकका तर्फबाट उनकी पत्नी यशोदा लेखकले निवेदन दर्ता गरेकी हुन्। उनलाई भदौ २३ र २४ गते भएको जेन जेड आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि नियन्त्रणमा लिइएको थियो।

अब उक्त निवेदनमा अदालतबाट आउने आदेश अनुसार थप कानुनी प्रक्रिया अघि बढ्नेछ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM