२०८३ बैशाख १३ गते, आईतवार १०:०९

कोचिङ सेन्टर बन्द गर्ने निर्णय विवादमा, दुई घन्टामै मन्त्री पोखरेल पछाडि हटे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रबिधि मन्त्रालयले विद्यालय तहका विभिन्न कक्षा र उच्चशिक्षाका विभिन्न तहमा भर्ना प्रक्रिया प्रारम्भ हुनुभन्दा अगाडि भर्नालाई लक्षित गरी विभिन्न संस्थाहरूले प्रवेश परीक्षा तयारी(इन्ट्रान्स प्रिपेरेसन) कक्षा एवम् ब्रिजकोर्षका नामका कार्यक्रमहरू सञ्चालन गर्न रोक लगाएको छ ।

आइतबार साँझ शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा ब्रिजकोर्ष र प्रवेश परीक्षा तयारी (इन्ट्रान्स प्रिपेरेसन) कक्षा कार्यक्रम संचालनमा रोक लगाउँदा १२ कक्षादेखि उच्च शिक्षासम्म उल्लेख थियो । जसले गर्दा स्नातक तहको चिकित्सा शिक्षादेखि नर्सिङ, इन्जीनीयरीङ अध्ययन गर्न चाहने विद्यार्थीमा अन्योल छाएको थियो ।

स्नातक तहको चिकित्सा शिक्षा, इन्जिनियरिङ, विज्ञान प्रविधि लगायत संकायमा भर्ना तयारीका लागि संचालन भएका कोचिङ सेन्टर पनि बन्द भएको भ्रम धेरैमा परेपछि शिक्षा मन्त्री सस्मित पोखरेलले २ घन्टापछि अर्को सूचना जारी गर्दै १२ कक्षासम्मका कोचिङमात्र आगामी २०८३ बैशाख १ गतेदेखि बन्द गरिएको जानकारी दिएका थिए । र, शिक्षा मन्त्रालयले जारी गरेको विज्ञप्ति बेबसाइटबाट हटाइएको थियो ।

उच्च शिक्षा होइन, १२ कक्षासम्मको मात्र कोचिङ बन्द गरिएको मन्त्री पोखरेलको सूचना

उच्च शिक्षा होइन, १२ कक्षासम्मको मात्र कोचिङ बन्द गरिएको मन्त्री पोखरेलको सूचना

शिक्षा मन्त्रालयका अधिकारीहरुले छलफलमा १२ कक्षा र स्नातक तहका तयारी कक्षाहरु बन्द गर्ने भनेअनुुसार नै सूचना प्रकाशित गरिएको बताउने गरेका छन् ।

एसईई परीक्षा पछि विज्ञान, व्यवस्थापन, ए लेभल लगायत विभिन्न विषयमा कक्षा ११ मा भर्ना हुन कोचिङ कक्षा सञ्चालन हुँदैआएको छ ।

शिक्षामन्त्री पोखरेलले कक्षा १२ सम्मका तयारी कक्षामात्र बन्द भएको जानकारी दिएपछि अब स्नातकको तयारी गरेका विद्यार्थीहरुमा फैलिएको भ्रम निवारण भएको छ ।

शिक्षामन्त्री पोखरेलले सूचना जारी गरेपछि शिक्षा मन्त्रालयले बेबसाइटबाट बिज्ञप्ति नै हटाएको छ ।

 

नेपालफेस

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM