काठमाडौँ/डिएसपी उमाशंकर प्रसाद यादव विवादका कारण प्रदेश कार्यालय तानिएका छन् । आफ्ना मान्छेलाई निर्वाचन प्रहरीमा भर्ना गराएर काम नगराएको विषयमा विवादित बनेपछि जिल्ला प्रहरी कार्यालय रुकुमपूर्वका डिएसपी यादवमाथि छानबिन सुरु गरी जिल्लाको डिएसपीको जिम्मेवारीबाट हटाएर लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा हाजिर गराइएको छ ।
डिएसपी यादवले निर्वाचनमा भर्ना गरिएका ३ जना निर्वाचन प्रहरीबारे ‘विवाद’ भएपछि लुम्बिनी प्रदेश प्रहरी कार्यालयले उनीमाथि छानबिन सुरु गरेको हो । छानबिनका लागि एसपी पुष्प मल्लको नेतृत्वमा समिति गठन गरिएको छ । बाराका डीएसपी यादवमाथि ३ जनालाई रुकुम पूर्व बोलाएर तालिम पनि नगराई ड्युटीमा पनि नखटाई सेवा सुविधा दिएको आरोप लागेको छ । उनको स्थानमा डीएसपी केशव ज्ञवालीलाई पठाइएको छ ।
















