२०८३ बैशाख १४ गते, सोमबार १६:१५

टिकटकमा ‘बालेन शाहमाथि गोली प्रहार’ भएको भ्रामक सूचना फैलाउने पक्राउ

काठमाडौँ। सामाजिक सञ्जाल टिकटकमा ‘झापामा बालेन शाहमाथि गोली प्रहार’ भएको भन्दै झुटो र भ्रामक सूचना फैलाउने एक युवकलाई प्रहरीले पक्राउ गरेको छ। जिल्ला प्रहरी परिसर काठमाडौँले कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ घर भई हाल काठमाडौँ बस्ने २३ वर्षीय प्रकाश भट्टलाई नियन्त्रणमा लिएको हो।

भट्टले टिकटकमा बालेन शाहमाथि आक्रमण भएको भ्रामक पोस्ट गरी समाजमा नकारात्मक सन्देश फैलाएको र सार्वजनिक शान्ति विरुद्धको कसुर गरेको प्रहरीको ठहर छ। उनलाई फागुन १५ गते दिउँसो काठमाडौँ महानगरपालिका-५ स्थित डबली चोकबाट प्रहरी टोलीले पक्राउ गरेको हो।

पक्राउ परेका भट्टमाथि थप अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालय काठमाडौँबाट ५ दिनको म्याद थप गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एवं प्रहरी उपरीक्षक पवन कुमार भट्टराईले जानकारी दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM