२०८३ बैशाख १४ गते, सोमबार १७:५७

अशोक वैद्य ब्रदर्स: दाई हिन्दूवादी अभियानमा, भाइ बाइबल प्रचारक

हिन्दूवादी आन्दोलनको बर्कोभित्र वैद्य परिवारको ‘ईसाई’ अनुहार: कट्टरताको नारा दिने संरक्षककै भाइबाट बाइबलको भजन प्रचार!

काठमाडौँ/ नेपालमा हिन्दू धर्म र संस्कृतिको रक्षाका लागि ‘कट्टर’ मुभमेन्ट चलाएको दाबी गर्ने नेतृत्वको भित्री आवरण कति खोक्रो छ भन्ने तथ्य भर्खरै सार्वजनिक एउटा दृश्यले छताछुल्ल पारिदिएको छ।

भारतको राष्ट्रिय स्वयंसेवक संघ (आरएसएस) को प्रत्यक्ष मार्गनिर्देशनमा चल्ने विश्व हिन्दू परिषद नेपालका संरक्षक अशोक वैद्य, जसमाथि सडकमा हिन्दू-मुस्लिम द्वन्द्व भड्काउन र शान्त हिन्दू समाजलाई उत्तेजित पार्न मुख्य भूमिका खेलेको आरोप लाग्ने गरेको छ, उनकै घरभित्र भने अर्कै धर्मको सुगन्ध फैलिरहेको पाइएको छ।

सिधासादा हिन्दूहरुलाई धर्मान्तरणका विरुद्ध लड्न उकास्ने र छिमेकी मुलुकबाट हिन्दू जागरणका नाममा विभिन्न योजनाहरू भित्र्याउने अशोक वैद्यका सहोदर भाइ राजु वैद्य नै अचेल खुलेआम क्रिस्चियन धर्मको प्रचारमा तल्लीन देखिएका छन्।

सामाजिक सञ्जाल र ह्वाट्सएपका ‘स्टोरी’हरूमा राजु वैद्यले दैनिक रूपमा बाइबलका भजन संग्रह र ईसा मसिहका सन्देशहरू प्रवाह गरिरहेको प्रमाणले वैद्य परिवारको द्वैध चरित्रलाई सतहमा ल्याइदिएको छ।

‘परमप्रभु भला हुनुहुन्छ र उहाँको प्रेम अनन्त छ’ भन्दै बाइबलको भजन संग्रह १०६:१ को महिमागान गर्ने राजुको यो कृत्यले एकातिर दाजु अशोक वैद्यले नेतृत्व गरेको हिन्दू मुभमेन्टलाई गिज्याइरहेको छ भने अर्कोतिर कार्यकर्तालाई भ्रममा राखेर शक्तिको खेल खेलिरहेको पुष्टि गर्दछ। बाहिर हिन्दू राष्ट्रको चर्को नारा लगाउने तर घरभित्रै अर्को धर्मको बीउ रोप्ने यस्तो विरोधाभाषपूर्ण व्यवहारले वैद्य परिवारको ‘हिन्दूवादी’ आवरण केवल एउटा राजनीतिक अस्त्र मात्र रहेको संकेत गर्दछ।

राजु वैद्यले आफ्नो whatsapp Story मार्फत गर्नुभएको बाईबलको अंशको स्किनशट

हिन्दू स्वयंसेवक संघमार्फत समाजमा धार्मिक कट्टरता फैलाउने र साम्प्रदायिक सद्भाव बिथोल्ने कार्यमा सक्रिय रहने नेतृत्वले आफ्नै भाइलाई समेत आफ्नो विचारधारामा बाँध्न नसक्नु वा नचाहनुले यस पछाडि कुनै गहिरो स्वार्थ लुकेको आशंका उब्जाएको छ। कार्यकर्तालाई सडकमा उतारेर अप्रत्यक्ष रुपमा धर्मको नाममा बलिदानी दिन उकास्ने अशोक वैद्यले आफ्नै भाइले गरिरहेको बाइबलको यो सार्वजनिक प्रचारलाई कुन नैतिकताका आधारमा मौन समर्थन दिइरहेका छन् भन्ने प्रश्न अब गम्भीर बनेको छ। यो घटनाले हिन्दू धर्मको रक्षाका नाममा खोलिएका पसलहरू र त्यसका सञ्चालकहरूको वास्तविक अनुहार उदाङ्गो पारिदिएको छ, जसले जनतालाई एउटा कुरा भन्छन् तर आफ्नै भान्छा र परिवारमा अर्कै अभ्यास गर्छन्।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM