२०८२ माघ २८ गते, बुधबार १६:४४

उच्च पदस्थलाई धम्क्याएको आरोपमा फिलिपिन्समा पक्राउ परेका पाठकलाई नेपाल ल्याइयो

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईसहित उच्च पदस्थ व्यक्तिहरुलाई हत्या गर्ने धम्की दिने प्रकाश पाठकलाई नेपाल ल्याइएको छ । इन्टरपोलको सहयोगमा पुस १६ गते फिलिपिन्सको राजधानी मनिलामा पक्राउ परेका पाठकलाई बुधबार नेपाल ल्याइएको हो ।

पाठकलाई नेपाल प्रहरीको टोलीले फिलिपिन्सै पुगेर नेपाल ल्याएको प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अभिनारायण काफ्लेले जानकारी दिए ।

पाठकले अख्तियारकै पूर्वप्रमुख लोकमानसिंह कार्की, नेपाल आयल निगमका पूर्वकार्यकारी निर्देशक गोपाल खड्का, कांग्रेस नेता एवम् पूर्वगृहमन्त्री रमेश लेखक, सुडान काण्डमा जोडिएका तीन जना पूर्वप्रहरी प्रमुख ओमविक्रम राना, हेमबहादुर गुरुङ र रमेश चन्द ठकुरी समेतलाई धम्की दिएका थिए ।

यस्तै कांग्रेसका पूर्व सभापति शेरबहादुर देउवाकी पत्नी एवं पूर्व परराष्ट्रमन्त्री आरजु राणा, पूर्वगृहमन्त्री बालकृष्ण खाँण र मेडिकल व्यवसायी दुर्गा प्रसाईँलाई पनि ज्यान मार्ने चेतावनी दिएका थिए ।

अगस्ट १८ मा फिफिलिपिन्स गएका उनले त्यहीँबाट उनीहरूलाई ज्यान मार्ने धम्की दिएका थिए । जिल्ला प्रहरी परिसर काठमाडौँले अनुसन्धानको क्रममा उनी फिलिपिन्समा रहेको पत्ता लगाउँदै नेपाल ल्याउनका लागि इन्टरपोल शाखामार्फत प्रक्रिया अगाडी बढाएको थियो । अब उनलाई जिल्ला प्रहरी परिसर काठमाडौँको हिरासतमा राखेर अनुसन्धान अगाडी बढाउने प्रहरीको तयारी छ ।

यस प्रकरणमा ३ जना सहयोगीलाई भने प्रहरीले यसअघि नै पक्राउ गरिसकेको छ । उनीहरूले आफूहरू प्रकाशको बडिगार्ड भएको बताएका थिए ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM