२०८३ बैशाख १५ गते, मंगलवार ०८:०४

वीरगंजमा तस्करको आतंक, छापामारी गर्न गएका सशस्त्र प्रहरीको टोलीमाथि सांघातिक आक्रमण

वीरगंज । अवैध गोदाममा सशस्त्र प्रहरीले छापा मार्ने क्रममा तस्कर समूहले आक्रमण गर्दा तीन जना सशस्त्र प्रहरी घाइते भएका छन् । वीरगंज महानगरपालिका-१० स्थित एक गोदाममा साेमबार छापा मार्ने क्रममा भएको आक्रमणमा तीन जना सशस्त्र प्रहरी घाइते भएका हुन् ।

सशस्त्र प्रहरीले वीरगंजको आदर्शनगरस्थित कुख्यात तस्कर मदनप्रसाद गुप्ताको घरमा अवैध रूपले गोदाम गरी राखिएको कपडा बरामद गरेकाे छ । सशस्त्र प्रहरी बल १३ नम्बर गण पर्साको सीमा सुरक्षा गुल्म र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले सोमबार बिहान गोदाममा छापा मारेको थियो । सो क्रममा अवैध रुपमा भण्डार गरी राखेको ७ लाख मूल्य बढीको कपडा बरामद गरिएको छ ।

कपडा बरामदपछि तस्कर समूह आक्रमणमा उत्रिएका थिए । तस्कर समूहको ढुंगामुढा प्रहारबाट सशस्त्र प्रहरीको एउटा वानटन र एउटा स्कार्पियो गाडीमा समेत क्षति पुगेको र ३ जना सशस्त्र प्रहरी घाइते भएका सशस्त्र प्रहरीका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM