२०८३ बैशाख २२ गते, मंगलवार १३:११

एकै परिवारका आमा-छोराको विभत्स हत्या, बाबुछोरी गम्भीर घाइते

कलैया । बाराको परवानीपुरमा एकै परिवारका आमा र छोराको धारिलो हतियार प्रहार गरी हत्या गरिएको छ ।

प्रहरीका अनुसार परवानीपुर गाउँपालिका–१ स्थित रहरियाडीमा ४६ वर्षीया सुमित्रा देवी मण्डल र उनका २४ वर्षीय छोरा रामेश्वर मण्डलको अज्ञात व्यक्तिबाट हत्या भएको हो ।

बुधबार बिहान करिब ३ बजेको समयमा अज्ञात समूह वा व्यक्तिले धारिलो हतियार प्रयोग गरी आक्रमण गर्दा आमा–छोराको घटनास्थलमै मृत्यु भएको उनले बताए ।

घटनामा परिवारकै ५० वर्षीय जगरूप मण्डल र उनकी २२ वर्षीया छोरी रिना कुमारी मण्डल गम्भीर घाइते भएका छन् ।

उनीहरूलाई तत्काल उपचारका लागि परवानीपुरस्थित एलएस न्युरो अस्पतालमा भर्ना गरिएको र अवस्था चिन्ताजनक रहेको प्रहरीले जनाएको छ ।

हत्या कसले र किन गरेको भन्ने विषय हालसम्म खुल्न नसकेको बारा प्रहरीले जानकारी दिएको छ ।

घटनास्थलको सूक्ष्म अध्ययनका साथै तालिम प्राप्त कुकुरको सहयोगमा अनुसन्धान तीव्र पारिएको र संलग्न व्यक्तिको खोजीका लागि आसपासका क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM