२०८३ बैशाख १५ गते, मंगलवार १६:३८

पूर्वराजा ज्ञानेन्द्र शाहद्वारा जानकी मन्दिरमा पूजाआजा

काठमाडौं/पूर्वराजा ज्ञानेन्द्र शाहले जनकपुरस्थित जानकी मन्दिरको पुगेका छन्।

सोमबार साँझ जानकी मन्दिर पुगेर शाहले पूजाआजाका साथै दर्शन गरेका हुन्। जानकी मन्दिरमा पूर्वराजा शाहलाई जानकी मन्दिरका महन्थ राम तपेश्वर दासले स्वागत गरेका थिए।

शाहका समर्थकहरु मन्दिरमा पुगेका थिए। शाहले जनकपुरमा समर्थकहरूसँग पनि भेटघाट गर्ने बुझिएको छ। उनी आइतबार नै जनकपुर पुगेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM