वीरगंज/वीरगंज हेल्थ केयर हस्पिटलका संचालक डा. अबुल हैश अंसारी पर्सा क्षेत्र नं १ बाट चुनाव लड्ने मन बनाएका छन्।
अस्ती राती पूर्व प्रधानमन्त्री के.पी. ओलीका स्वकिय सचिव राजेश बज्राचार्यले डा. अंसारीलाई आफ्नो पार्टीबाट पर्सा क्षेत्र नं १ बाट सूर्य चिन्ह लिएर चुनाव लड्न आग्रह गरेका थिए। सो कुरा बाहिर आएपछि तीब्र ध्रुविकरण भयो। पर्सा क्षेत्र नं १ बाट पूर्व सांसद प्रदीप यादवले टिकट पाएपछि घण्टी छापले डा. अंसारी माथि पासा फालेको बताइन्छ ।
डा. अंसारी परिवार र साथी भाईहरुको सल्लाह लिन अहिले ब्यस्त रहेकाे र उचित सल्लाह आएमा रास्वपाकोे घण्टी लिएर पर्सा क्षेत्र नं १ बाट डा. अबुल हैश अंसारी चुनावी भिडन्तमा उत्रिने सम्भावना रहेको छ।

















