२०८२ माघ २४ गते, शनिबार ०२:०७

सर्लाही नाका तस्कर कालागि खुल्ला, प्रहरी नै सहयोगी

सर्लाही । सर्लाहीका सीमा नाकाहरू पछिल्लो समय संगठित तस्करीको केन्द्र बन्दै गएका छन् । सशस्त्र प्रहरी बल नेपाल र नेपाल प्रहरी अन्तर्गतका सुरक्षा निकायका अधिकारी तथा स्थानीय चौकी इन्चार्जहरूसँगको मिलेमतोमा कवाडी, माछा, उपभोग्य वस्तु र अन्य सामानको तस्करी खुलेआम भइरहेको गम्भीर आरोप सार्वजनिक भएका छन् ।

सशस्त्र प्रहरी बल १० नम्बर गण सर्लाहीका एसपी देवबहादुर चन्दको सरुवा हुने समय नजिकिँदै जाँदा सीमा निगरानी कमजोर बनेको र यही अवस्थाको फाइदा उठाउँदै तस्करी गतिविधि झनै तीव्र भएको स्रोतको दाबी छ । मधुवनी नाकाबाट दैनिक करोडौँ रुपैयाँ बराबरको कवाडी भारततर्फ तस्करी भइरहेको छ भने चिनियाँ स्याउसमेत अवैध रूपमा निकासी हुने गरेको बताइन्छ ।

स्रोतका अनुसार कवाडी तस्करीका मुख्य कारोबारी बिजय यादवले प्रहरी चौकी बहादुरपुरका इन्चार्ज असई राजकुमार रमतेललाई मासिक ‘नजराना’ बुझाएर अवैध कारोबार निर्बाध रूपमा सञ्चालन गर्दै आएका छन । रमतेल यसअघि प्रहरी चौकी पोखरियामा कार्यरत रहँदा पनि तस्करहरूसँग साठगाँठ गरी असुली धन्दा चलाएको विषय जिल्ला प्रहरी कार्यालयमै चर्चामा रहेको बताइन्छ ।

त्यस्तै प्रहरी चौकी अर्नाहाका असई सन्तोष साहले पनि तस्करहरूसँग मासिक असुली उठाएर दर्जनौँ ट्याक्टर र पिकअप गाडीलाई ‘लाइन’ दिएको आरोप लागेको छ । नाम नखोल्ने सर्तमा एक स्थानीय व्यापारीका अनुसार अर्नाहा नाकाबाट हुने अवैध आवतजावतमा शाहको प्रत्यक्ष संलग्नता छ ।

यसैबीच सशस्त्र प्रहरीतर्फ पनि गम्भीर आरोप उठेका छन् । मधुवनी बीओपीका इन्चार्ज इन्स्पेक्टर दीपेन्द्र पौडेलको सेटिङमा कवाडीका दर्जनौँ गाडी दैनिक भारततर्फ जाने गरेको स्रोतको दाबी छ । त्यस्तै छन्की–लक्ष्मीपुर नाकाबाट भारतीय माछा नेपाल भित्र्याउने क्रममा सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म फेनहरा र छतौना बीओपीबाट खटिएका घुमुवाले स्कर्टिङ गर्ने गरेको आरोप छ ।

दैनिक तीन पिकअप भारतीय माछा पिलर नम्बर ३३९÷५ हुँदै नेपाल भित्र्याइने र बागमती पुलसम्म सुरक्षाकर्मीले नै सुरक्षित रूपमा पुर्याइदिने गरिएको बताइन्छ । राजेश ठाकुर र नवीन चौधरीले उक्त माछा नेपाल भित्र्याउने गरेका छन् । मानव स्वास्थ्यका लागि घातक फर्मालिनजस्ता विषादी प्रयोग गरिएका माछा नारायणगढ हुँदै काठमाडौं लगायतका सहरसम्म पुर्याइने गरेको आरोपले सार्वजनिक स्वास्थ्यमा गम्भीर खतरा उत्पन्न भएको छ ।

फेनहरा गुल्मका डीएसपी रंजनकुमार बुढाथोकी मातहतका घुमुवा सहायक हवल्दार सुरेन्द्रप्रसाद यादव र छतौना बीओपीका संजय पण्डित तस्करीको ‘सेटिङ’ र स्कर्टिङमा संलग्न रहेको आरोप छ । सशस्त्र मुख्यालयमा तानिएका सहायक हवल्दार रोशन मिश्राले समेत सर्लाहीबाट माछा भित्र्याउने समूहसँग लाइन मिलाएको दाबी गरिएको छ, जसलाई सशस्त्र मुख्यालय अनुगमन शाखाका डीएसपी सुदीप रेग्मीले संरक्षण गरेको आरोप पनि उठेको छ ।

यसका साथै छन्की नाकाबाट युनिलिभरका उत्पादन भारततर्फ भन्सार छली तस्करी हुने गरेको आरोप छ । जनमत पार्टीका नेता संजय सिंहको घरमा गोदाम राखी कन्हैया झाका दाजुभाइले ती सामग्री भारत पठाउने गरेको स्रोत बताउँछ ।

सुरक्षा निकायकै संरक्षणमा भइरहेको भनिएको यस बहुआयामिक तस्करीले राज्यको राजस्वमा ठूलो क्षति र्पुयाएको, नेपाली व्यवसायीलाई विस्थापित बनाएको र आम नागरिकको स्वास्थ्य तथा सुरक्षामाथि गम्भीर जोखिम सिर्जना गरेको सरोकारवालाहरूको भनाइ छ ।

 

नेपाल फेस

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto
zeonslot zeonslot m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM