२०८२ माघ ८ गते, बिहीबार ०९:४२

“हिन्दू भगाऊ, देश बचाऊ” नारा विरुद्ध गौरमा हिन्दू जागरण र्‍याली

अभिमनु कु. पटेल/

रौतहट/ नेपालमा केही स्थानमा “हिन्दू भगाऊ, देश बचाऊ” भन्ने नारा लगाइएको घटनाको विरोधमा रौतहट जिल्लाको सदरमुकाम गौरमा शुक्रबार हिन्दू जागरण र्‍याली तथा विरोध प्रदर्शन आयोजना गरिएको छ।

गौरस्थित राइस मिलको प्राङ्गणबाट दिउँसो १२ बजेदेखि सुरु भएको उक्त र्‍यालीमा हिन्दू समाजका हजारौं व्यक्ति सहभागी भएका थिए। बाजागाजा, गाडी, मोटरसाइकल तथा पैदल मार्च सहित सुरु गरिएको र्‍याली ट्रान्सफर चौक, भन्सार हुँदै गौर बीपी चौक घण्टाघरमा पुगेर कोणसभामा परिणत भएको थियो।

र्‍यालीमा सहभागीहरूले पछिल्ला दिनमा देखिएका धार्मिक सहिष्णुताविरुद्धका गतिविधिप्रति गम्भीर चिन्ता व्यक्त गर्दै धार्मिक आस्था, संस्कृति र परम्परामाथि आक्रमण स्वीकार्य नहुने बताएका थिए। उनीहरूले नेपाल बहुसांस्कृतिक र बहुधार्मिक देश भए पनि सबै समुदायले एक-अर्काको धर्म, संस्कृति र पहिचानको सम्मान गर्नुपर्नेमा जोड दिएका थिए।

कोणसभामा बोल्ने वक्ताहरूले नेपालको इतिहास, संस्कृति र पहिचानसँग सनातन हिन्दू परम्पराको गहिरो सम्बन्ध रहेको उल्लेख गर्दै कुनै पनि बहानामा धार्मिक द्वेष फैलाउने कार्य रोक्न सरकार र सुरक्षा निकायले समयमै ध्यान दिनुपर्ने माग गरे। केही वक्ताहरूले पछिल्ला घटनाले हिन्दू समुदायमा असन्तोष बढेको भन्दै शान्ति, सद्भाव र सहअस्तित्व कायम राख्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताए।

कार्यक्रमका संयोजक मनोज यादवले सम्बोधन गर्दै नेपाल सबै धर्म र समुदायको साझा देश भएको उल्लेख गर्दै भने, “शान्ति र सद्भाव केवल एक समुदायको जिम्मेवारी होइन। सबैले आ-आफ्नो सीमाभित्र रहेर एकअर्काको सम्मान गर्नुपर्छ। कसैले पनि धार्मिक भावनामा चोट पुर्‍याउने कार्य गरे त्यसको विरोध लोकतान्त्रिक र शान्तिपूर्ण ढंगले गरिनेछ।

प्रदर्शन शान्तिपूर्ण रूपमा सम्पन्न भएको र कार्यक्रममा कुनै अप्रिय घटना नघटेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। सुरक्षा व्यवस्था कडा पारिएको थियो।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM