२०८२ माघ ८ गते, बिहीबार १०:३१

घाम लागेपछि ‘न्यानो अभियान’ : लायन्स क्लबको कर्मकाण्डी राहतप्रति आलोचना

वीरगञ्ज । वीरगञ्जमा पछिल्ला दुई दिनदेखि चर्को घाम लाग्न थालेको अवस्थामा लायन्स क्लब अफ पोखरियाले ‘न्यानो राहत अभियान’ सञ्चालन गरेको भन्दै आलोचना हुन थालेको छ। कठ्याङ्ग्रिदो जाडो र शीतलहरका कारण १५ दिनभन्दा बढी समयदेखि जनजीवन प्रभावित भइरहँदा क्लब सक्रिय नदेखिएको र मौसम अनुकूल भएपछि मात्र कर्मकाण्डी रूपमा दाउरा वितरण तथा आगो बालिएको भन्दै स्थानीयस्तरमा असन्तुष्टि व्यक्त गरिएको हो।

बिहीबार क्लबले वीरगञ्जको मुख्य सहरी क्षेत्र मानिने घण्टाघर तथा नारायणी अस्पताल परिसरमा दाउरा वितरण गर्नुका साथै आगो बालेर (धुनी जगाएर) न्यानो प्रदान गरेको थियो। तर, शीतलहरको चरम समयमा अस्पताल आउने बिरामी, तिनका कुरुवा तथा सर्वसाधारणले न्यानो राहतको अनुभूति गर्न नपाएको भन्दै अहिलेको कार्यक्रमलाई ‘नौटंकी’ र प्रभावितहरूलाई जिस्क्याउने कार्यको संज्ञा दिइएको छ।

स्थानीयहरूका अनुसार, चिसो हावा र शीतलहरका कारण जनजीवन अत्यन्तै कष्टकर बनेको समयमा राहत अभियान नचलाएर मौसम सामान्य हुँदै गएपछि मात्र कार्यक्रम गर्नुले मानवीय सेवाभन्दा प्रचारमुखी उद्देश्य झल्किने देखिएको छ। “राहत संकटमा चाहिन्छ, घाम लागेपछि होइन,” भन्ने गुनासोसमेत उठाइएको छ।

यस विषयमा लायन्स क्लब अफ पोखरियाका अध्यक्ष लायन नेजामुद्दीन शमानीले भने लायन्स क्लब मानवीय सेवामा समर्पित संस्था भएको दाबी गर्नुभएको छ। उहाँका अनुसार विपद् र कठिन परिस्थितिमा समुदायको साथमा रहने उद्देश्यले दाउराको अभाव नहोस् भन्ने सोचका साथ अभियान सुरु गरिएको हो, जुन आगामी दिनहरूमा पनि निरन्तर जारी रहनेछ।

अध्यक्ष शमानीले भविष्यमा यस्ता जनहितकारी तथा राहतमूलक कार्यक्रमलाई प्राथमिकतामा राख्ने प्रतिबद्धता व्यक्त गर्दै, सहयोग गर्ने सबैप्रति धन्यवादसमेत ज्ञापन गर्नुभएको छ।

तर, शीतलहरको वास्तविक पीडामा ढिला गरेर गरिएको राहत कार्यक्रमले प्रभावभन्दा बढी प्रश्न उठाएको भन्दै सामाजिक संस्थाहरूले राहत कार्य समयमै, आवश्यकता अनुसार र दिखावटी होइन, प्रभावकारी हुनुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip marwah4d barong4d moga4d bisajp slot gacor toto slot slot gacor barong4d
kingmedan303 kingmedan303 rajamania rajamania rajamania sritoto
zeonslot slot gacor
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM