२०८३ बैशाख २३ गते, बुधबार ०१:१६

तस्करीकालागि सर्लाहीको सबै नाका खोलियो, दैनिक करोडौँ राजस्व चुहावट

सर्लाही/सर्लाही जिल्लाको भारतसँग जोडिएका दर्जनौं सीमा नाकाहरू यतिखेर तस्करीको सुरक्षित मार्ग बनेका छन् । नेपाल प्रहरीका घुमुवा भाग्यनारायण साह र सशस्त्र प्रहरी बलका घुमुवा सुरेश महतोको मिलेमतो र संयोजनमा सीमा क्षेत्रबाट कपडा, खाद्यान्न, स्पेयर पार्टस लगायतका सामग्रीहरू राजस्व छली व्यापक रूपमा भित्र्याइँदै आएको गम्भीर आरोप लागेको छ ।

स्रोतका अनुसार नारायणपुर, पर्सा, सग्राम्पुर, त्रिभुवननगर, भाँडसर, मधुवनी, अर्नाहा, बारा उधोरण लगायत एक दर्जनभन्दा बढी नाकाहरूबाट दैनिक रूपमा तस्करी भइरहेको छ । स्थानीय व्यापारीहरू र नेपाल प्रहरीका विभिन्न युनिटका इन्चार्जहरूबीच अपवित्र साँठगाँठ रहेको कारण तस्करी नियन्त्रण हुन नसकेको बताइन्छ । घुमुवाको निर्देशनमा व्यापारीहरूले ‘सेटिङ’ मिलाएर महिनावारी रकम बुझाउने र त्यसकै आधारमा सामान सहजै ओसारपसार हुने गरेको दाबी गरिएको छ ।

स्रोतले दिएको जानकारीअनुसार सखुवा नाकाबाट अजय दास, विजय, पुकार, अजय सहनी र पारस यादव, त्रिभुवननगर नाकाबाट सुरेश यादव, अशोक यादव, अनिता, सुनिल तथा पर्सा नाकाबाट सन्तोष भण्डारीलगायतका व्यक्तिहरू किराना, कपडा र खाद्यान्नको तस्करीमा संलग्न रहेका छन् । यो सेटिङ तल्लो तहदेखि माथिल्लो तहसम्म फैलिएको र नियमित रूपमा भागबण्डा हुने गरेको आरोप समेत लगाइएको छ ।

प्रहरी चौकी मधुवनी गाउँका इनचार्ज प्रहरी सहायक निरीक्षक शम्भु सिंह प्रहरी सहायक हवलदार सुरेन्द्र यादवले (धनुषा दरबन्दी)को सहयोगमा ग्राहिया डुमरिया इलाकादेखी मधुवन गोढ, बारा उधोर्ण, बहादुरपुर, छनकी टोला, बलरा चौकी, प्रहरी चौकी अर्नहा, सिसौट सम्मको क्षेत्रका तस्करहरूसँग समन्वय गरेर इलाका प्रहरी कार्यालय ग्राहिया डुमरियाका इंचार्ज प्रहरी निरीक्षक, जिल्ला प्रहरी कार्यालयका डिएसपी एवं एसपी र डिआईजी को नाममा समेत तस्करहरूसँग पैसा उठाउने गरेको स्रोतले जनाएको छ।प्रहरी चौकी मधुवनी गाउँका इन्चार्ज प्रहरी सहायक निरीक्षक शम्भु सिंह र प्रहरी सहायक हवलदार सुरेन्द्र यादव (धनुषा दरबन्दी) को सहयोगमा ग्राहिया–डुमरिया इलाकादेखि मधुवन गोड, बारा उधोर्ण, बहादुरपुर, छनकी टोला, बलरा चौकी, प्रहरी चौकी अर्नहा हुँदै सिसौटसम्मको क्षेत्रका तस्करहरूसँग समन्वय गरी अवैध असुली भइरहेको स्रोतले जनाएको छ।
स्रोतका अनुसार, उनीहरूले इलाका प्रहरी कार्यालय ग्राहिया–डुमरियाका इन्चार्ज प्रहरी निरीक्षक, जिल्ला प्रहरी कार्यालयका डीएसपी, एसपी तथा मधेश प्रदेश प्रहरी प्रमुख डीआईजीको नामसमेत प्रयोग गरी तस्करहरूसँग नियमित रूपमा रकम संकलन गर्दै आएका छन्।

खुला सीमाका कारण यस्ता अवैध गतिविधि सहज बनेका छन् भने राज्यलाई दैनिक करोडौं रुपैयाँ राजस्व नोक्सानी भइरहेको अनुमान गरिएको छ । सर्लाही मात्र होइन, मधेश प्रदेशका अन्य जिल्लाहरूमा पनि नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सीमा अधिकारीहरूको संलग्नतामा तस्करी मौलाउँदै गएको गुनासो लामो समयदेखि उठ्दै आएको छ । तर, नेपाल प्रहरीका घुमुवा भाग्यनारायण साह र सशस्त्र प्रहरीका घुमुवा सुरेश महतो (सप्रनी) केन्द्रमा रहेको तस्करीको जालो भत्काउन राज्य संयन्त्र असफल देखिएको छ ।

सीमा सुरक्षाको जिम्मेवारी लिएका सशस्त्र प्रहरी बल नेपाल नम्बर १० गणका एसपी देबबहादुर चन्द र नेपाल प्रहरीका एसपी योगेन्द्रकुमार खड्का स्वयं ‘कमाउ धन्दा’मा केन्द्रित रहेको आरोप लागेपछि नियन्त्रण त परै जाओस्, तस्करी न्युनिकरणतर्फ समेत गम्भीर पहल हुन नसकेको स्रोतको दाबी छ ।

प्रतिक्रिया लेख्नुहोस्

उस्तै खबर

Live

Listen Live FM