२०८२ माघ २८ गते, बुधबार ०५:२३

राप्रपाको समानुपातिक सूचिबाट नाम हटाउन कल्पना मगरको आग्रह, कोटा प्रणालीप्रति असहमति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को समानुपातिक बन्दसूचीमा समावेश भएकी कल्पना मगरले आफ्नो नाम सूचीबाट हटाउन आग्रह गरेकी छन् । आफू हालसम्म कुनै पनि राजनीतिक दलमा आबद्ध नभएको र स्वतन्त्र रूपमा सक्रिय रहेको उल्लेख गर्दै उनले राप्रपाको बन्दसूचीबाट नाम फिर्ता लिन आग्रह गरेकी हुन् ।

राप्रपाले मगरलाई आदिवासी–जनजाति महिला क्लस्टर अन्तर्गत आठौँ स्थानमा राखेको थियो । तर, मगरले आफू कोटा प्रणालीको पक्षमा नरहेको स्पष्ट पारेकी छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले लेखेकी छन्,

‘राप्रपाले मलाई जनजाती कोटाबाट समानुपातिक उम्मेदवार घोषणा गरेको रहेछ । सायद म योग्य भएरै एउटा सम्मान स्वरूप मलाई ठाउँ दिएको हुन सक्छ । तर यस्तो कोटा प्रणाली खारेज हुनुपर्छ भनिआएकी थिएँ । जबसम्म जनजाती, आदिवासी र दलित भन्ने कोटा प्रणाली रहिरहन्छ, तबसम्म यो वर्ग समुदाय कहिल्यै माथि उठ्न पनि सक्दैन भन्ने लाग्छ ।’

कल्पना मगरले हाल आफू राजनीतिमा प्रवेश गर्ने अवस्थामा नरहेको उल्लेख गरेकी छन् । तथापि, देश, धर्म र राजसंस्थाको पक्षमा आफ्नो अडान कायम रहने र राप्रपाप्रति नैतिक समर्थन रहेको उनले बताएकी छन् ।

उनले लेखेकी छन्,

‘मलाई लाग्छ मैले अहिलेनै राजनीति गर्ने समय आएको छैन । भविस्यमा म राजनितीमा गरौंला नगरौला त्यो समयले नै बताउने छ । अहिलेसम्म म स्वतन्त्र छु र स्वतन्त्र रही आफ्नो जागरण अभियान फैलाउने काम गर्न चाहन्छु । देश, धर्म र राजाको लागि मेरो स्वाभिमान कहिले डगमगाउने छैन । यी गणतन्त्रवादीहरुले मलाई राजाको रैती भनेपनी म ट्याग भिर्न तयार छु । म राप्रपा लाई नैतिक समर्थन गर्छु, गरिरहन्छु । तर मेरो समानुपातिक बाट गएको नाम हटाउन आग्रह गर्न चाहन्छु ।’

उनको यो अभिव्यक्तिलाई लिएर राजनीतिक वृत्तमा विभिन्न प्रतिक्रिया आउन थालेका छन् ।

प्रतिक्रिया लेख्नुहोस्

neelambads
bokep viral bokep viral https://ciac-iacac.org/ marwah4d republikvip barong4d moga4d bisajp slot gacor slot gacor barong4d republikvip marwah4d marwah4d marwah4d marwah4d marwah4d marwah4d alus4d https://pt-mataram.go.id/ slot gacor
kingmedan303 rajamania rajamania sritoto rajamania beb88 beb88 djarum4d beb88 sritoto relic88
zeonslot slot gacor m77 andara88 slot88 kartutoto
ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel ayutogel

Live

Listen Live FM