२०८३ बैशाख १६ गते, बुधबार ०२:०४

काँग्रेस महाधिवेशन वैशाख २८ देखि ३१ गते गर्ने प्रस्ताव पारित

काठमाडौं । नेपाली कांग्रेसको १५औं महाधिवेशन वैशाख २८ देखि ३१ गतेसम्म गर्ने प्रस्ताव पारित भएको छ।

आज सबेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकमा कार्यवाहक सभापति पूर्णबहादुर खड्काले वैशाख २८ देखि ३१ गतेसम्मका लागि महाधिवेशनको नयाँ मिति प्रस्ताव गरेकोमा उक्त मिति बैठकबाट पारित भएको हो।

पुस २६-२८ सम्मको महाधिवेशन तालिका प्रभावित भएसँगै महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशनको मिति घोषणा गरेका थिए। यसरी पार्टी महाधिवेशनका विषयमा नेताहरू विभाजित हुँदा समस्याको हल खोज्न आज बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नयाँ मिति पारित गरेको हो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM