२०८३ बैशाख १६ गते, बुधबार ०३:४०

नेपाली सेनाका तीन सहायक रथीको उपरथीमा बढुवा, दर्ज्यानी चिन्ह प्रदान

काठमाडौं । नेपाली सेनाका तीन जना सहायक रथी उपरथीमा बढुवा भएका छन्।

पुस ११ गते बसेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार उनीहरुको बढुवा गरिएको हो ।जसअनुसार पाइलट सहायक रथी राम सुन्दर बोहोरा, सहायक रथी भुवन खत्री र प्राविधिक (इन्जिनियर) सहायक रथी धर्मेन्द्रकुमार झा उपरथीमा बढुवा भएका छन्।

यस्तै ५ जना प्रमुख सेनानी महासेनानीमा बढुवा भएका छन्। उनीहरुलाई शुक्रबार प्रधानसेनापति अशोकराज सिग्देलले दज्र्यानी चिन्ह प्रदान गरेका छन्।

त्यस्तै पहिल्यै बढुवा भएका महासेनानी विजितराज रेग्मीलाई पनि दज्र्यानी चिन्ह गरिएको छ । बढुवा भएका रेग्मीको दज्र्यानी चिन्ह लगाउन बाँकी थियो।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM