२०८३ बैशाख १६ गते, बुधबार ०५:०४

सुनसरी गोलीकाण्ड: प्रशासन र पीडित पक्षबीच ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका-१ मा सशस्त्र प्रहरीको गोली लागेर ४५ वर्षीय विजय साहको मृत्यु भएपछि उत्पन्न तनाव अन्त्यका लागि प्रशासन र पीडित पक्षबीच पाँच बुँदे सहमति भएको छ ।

बुधबार राति भारतबाट सिटी सफारीमा सामान ल्याउँदै गरेका साहमाथि सशस्त्र प्रहरीले गोली चलाउँदा उनको मृत्यु भएको थियो । घटनापछि स्थानीय आन्दोलित बनेका थिए र प्रहरीसँग झडपसमेत भएको थियो ।

बिहीबार जिल्ला प्रशासन कार्यालयमा भएको वार्तामा छानबिन समिति गठन, मृतक परिवारलाई क्षतिपूर्ति र रोजगारीको व्यवस्था गर्ने सहमति जुटेको हो । सहमतिपछि सो क्षेत्रको अवस्था सामान्य बन्दै गएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM