काठमाडौँ। आज पनि सुनचाँदीकै मूल्य घटेको छ। गएको सोमबार र मंगलबार घटेको सुनको मूल्य आज पनि घटेको हो।
बुधबार सुनको भाउ प्रतितोला एक हजार एकसय रुपैयाँ घटेर दुई लाख ६१ हजार रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
मंगलबार सुनको भाउ तोलामा सात हजार नौसय रुपैयाँ घटेर दुई लाख ६२ हजार एकसय रुपैयाँमा झरेको थियो।
त्यसैगरि आज चाँदीको मूल्य तोलामा एकसय २० रुपैयाँ घटेर चारहजार चारसय ७० रुपैयाँमा झरेको छ।
















