२०८३ बैशाख १६ गते, बुधबार ०६:३१

सुनको भाउ ७ हजार नौ सय रुपैयाँले घट्यो, तोलाको कति पुग्यो ?

काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो।

आज छापवाल सुन प्रतितोला दुई लाख ६२ हजार एक रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।सोमबार सुनको मूल्य तोलामा दुई लाख ७० हजारमा कायम भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तीन सय पाँच रुपैयाँले घटेर चार हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ९५ रुपैयाँमा कायम भएको थियो ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM