काठमाडौँ । नेपाली बजारमा आज मंगलबार सुनको भाउ घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो।
आज छापवाल सुन प्रतितोला दुई लाख ६२ हजार एक रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।सोमबार सुनको मूल्य तोलामा दुई लाख ७० हजारमा कायम भएको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा तीन सय पाँच रुपैयाँले घटेर चार हजार ५ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । सोमबार चाँदीको मूल्य तोलाको चार हजार आठ सय ९५ रुपैयाँमा कायम भएको थियो ।
















