२०८३ बैशाख १६ गते, बुधबार ०८:०१

काँग्रेस नेता अजय द्विवेदी र अरबिन्द गुप्तामाथिको कारबाही फुकुवा

वीरगंज। नेपाली काँग्रेसले पर्साका पूर्व सभापति अजय द्विवेदी तथा पर्सा क्षेत्र नं. १ का सभापति अरबिन्द कुमार गुप्तामाथि लगाइएको पार्टी कारबाही फुकुवा गरेको छ।

पार्टीको कार्यसम्पादन समितिको निर्णयअनुसार उनीहरूमाथि लगाइएको अनुशासनात्मक कारबाही हटाइएको हो। २०७९ सालमा सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका क्रममा पार्टीको निर्णय विपरीत अजय द्विवेदीले बागी उम्मेदवारी दिंदै स्वतन्त्र उम्मेदवारका रूपमा चुनाव लडेका थिए। सोही निर्वाचनमा द्विवेदीलगायत नेताहरूलाई सहयोग गरेको तथा पार्टी अनुशासन विपरीत गतिविधिमा संलग्न भएको आरोपमा अरबिन्द कुमार गुप्ता पनि कारबाहीमा परेका थिए।

कारबाही फुकुवासँगै द्विवेदी र गुप्ता दुवैको पार्टी सदस्यता तथा जिम्मेवारी पुनः सक्रिय हुने अपेक्षा गरिएको छ। पार्टीभित्र आन्तरिक एकता मजबुत बनाउने र आगामी राजनीतिक चुनौतीहरूलाई सामूहिक रूपमा सामना गर्ने उद्देश्यका साथ नेतृत्वले यो निर्णय लिएको बुझिएको छ।

द्विवेदी र गुप्ता दुवै पर्सा जिल्लामा राम्रो जनाधार र प्रभाव भएका नेताका रूपमा परिचित छन्। उनीहरूको पुनः सक्रियताले जिल्लामा नेपाली काँग्रेसको संगठन सुदृढ हुने र कार्यकर्तामा सकारात्मक सन्देश जाने पार्टी वृत्तमा विश्वास गरिएको छ।

प्रतिक्रिया लेख्नुहोस्

Live

Listen Live FM