काठमाडौं/नेपाली कांग्रेसका नेता रमेश लेखकले जाँचबुझ आयोगमा बयान दिन जाने बताएका छन्। बिहीबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै तत्कालीन गृहमन्त्री समेत रहेका लेखकले बयान दिन जाने बताएका हुन्।
‘गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा घटेका घटनाको छानबिन गर्न गठित जाँचबुझ आयोगले मलाई घटनाका बारेमा जानकारी लिन बोलाएको छ। मैले आयोगमा जाने निर्णय गरेको छु्,’उनले भने,’उहाँले भोलिलाई बोलाउनु भएको छ। तर, म सोमबार जान्छु।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की नेतृत्वमा गठित अन्तरिम सरकारले भदौ २३ गते जेनजी आन्दोलनका क्रममा घटेका घटना छानबिन गर्न जाँचबुझ आयोग गठन गरेको छ। आयोगले घटनाको समयमा प्रशासनिक र सुरक्षा निकायको नेतृत्वमा रहेका अधिकारीहरूको बयान लिइसकेको छ। अब तत्कालीन गृहमन्त्री लेखक र तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीको बयान लिन लागेको छ।
लेखकको बयानपछि ओलीको बयान लिने आयोगको तयारी छ।
















